कांग्रेसको दलित संघद्वारा ४१ जिल्लामा अध्यक्षहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघले ४१ जिल्लामा अध्यक्ष मनोनीत गरेको छ ।

आइतबार काठमाडौंमा बसेको संघको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ४१ जिल्लामा संघको जिल्ला तदर्थ समितिको अध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

चक्र विसुन्खेलाई संखुवासभा, लालबहादुर विश्वकर्मालाई ओखलढुङ्गा, रामकुमार विश्वकर्मालाई मोरङ, ध्रुव कनाललाई झापा, रमेश वि.क.लाई उदयुर, देउराम शर्मा खतवेलाई सप्तरी, रामरतन पासवानलाई धनुषा, मदन वि.क.लाई सर्लाही, जोगेन्द्र पासवानलाई बारा, शिल साफीलाई सिरहाको अध्यक्षमा मनोनीत गरिएको छ ।

रामएकबाल पासवानलाई महोत्तरी, गणेश पासवानलाई रौतहट, लक्ष्मण हजारालाई पर्सा, सृजन घतानेलाई दोलखा, दीपक परियारलाई नुवाकोट, अनिल वि.क.लाई मकवानपुर, नरबहादुर वि.के.लाई म्याग्दी, निर्मल विश्वकर्मालाई पर्वत, प्रकाश मिजारलाई तेह्रथुम, कुमार विश्वकर्मालाई लम्जुङको अध्यक्षमा मनोनयन गरिएको छ ।

प्रेम बराइली ‘प्रकाश’लाई नवलपुर, महेश विश्वकर्मालाई बर्दिया, बाबुराम विश्वकर्मालाई दाङ, दलप्रसाद सुनारलाई रुकुम पूर्व, राजु रोक्कालाई रुपन्देही, हिरालाल नेपालीलाई रोल्पा, राजेन्द्र विश्वकर्मालाई अर्घाखाँची, लक्ष्मीदेवी सुनारलाई नवलपरासी, शेरबहादुर वि.क.लाई गुल्म,ि धनकृष्ण नेपाली सार्कीलाई जुम्लाको अध्यक्षमा मनोनीत गरिएको छ ।

बसन्त नेपालीलाई रुकुम पश्चिम, मोहन वि.क.लाई जाजरकोट, शेरबहादुर वि.क.लाई सुर्खेत, पदमबहादुर सुनारलाई दैलेख, वीरबहादुर विश्वकर्मालाई बाजुरा, लालबहादुर विश्वकर्मालाई डोटी, प्रेमसिंह विश्वकर्मालाई कैलाली, रामदास चमारलाई कपिलवस्तु, सुस्मिता खातीलाई चितवन, सुवी विश्वकर्मालाई पाल्पा र इतराज सुनारलाई गोरखाको अध्यक्षमा मनोनीत गरिएको संघका अध्यक्ष लोकबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2025 June 23, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया