कांग्रेसको केन्द्रीय समितिको बैठकको मिति परिवर्तन
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको छ ।
कांग्रेसको कार्यसमिति बैठक असार १६ गते सोमबारका दिन बस्नेछ । बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ ।
यसअघि, असार १५ गते आइतबार दिनको १ बजेका लागि बैठक बोलाइएको थियो । विशेष कारणबस बैठकलाई असार १६ गते सोमबारका लागि सारिएको छ ।
बैठकमा उपस्थित हुने केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
Published : Monday, 2025 June 23, 3:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया