प्यूठानमा प्रकाशमानकाे मन्त्रालयबाट मात्रै अघिल्लो वर्षभन्दा २१ करोड धेरै बजेट परेपछि एमालेका सूर्य थापालाई तनाब, संसदमा बरबराए

काठमाडौं । प्यूठानमा शहरी विकास मन्त्रालयको बजेट अघिल्लो आर्थिक वर्षमा भन्दा २१ करोड बढी विनियोजन भएको छ ।

अघिल्लो वर्ष २७ करोड बजेट प्यूठानमा विनियोजन भएको थियो । यस आर्थिक वर्ष २०८२÷८३ मा ४८ करोड २० लाख बजेट परेको शहरी विकास मन्त्रालयको रातोकिताबमा उल्लेख छ ।

नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्यूठान जिल्लाको बजेटमा उल्लेख्य वृद्धि गरेका छन् । २१ करोडभन्दा धेरै बजेट सांसद थापाको हुतीले परेको होइन । उपप्रधान एवम् शहरी विकासमन्त्री सिंहले प्यूठानका लागि बजेट दिएका हुन् । यो बजेट पर्नुमा लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाको ठूलो भूमिका रहेको छ ।

तर, प्यूठानका एमालेका सांसद सूर्यबहादुर थापाले भने बजेट नपरेको भन्दै संसदमा जग हँसाएका छन् । शहरी विकास मन्त्रालयले रातोकिताबमा राखेको योजनाहरू सांसद थापाले पढ्न र हेर्न नजानेका हुन् की भनेर व्याङ्ग्य हुन थालेको छ ।

के सांसद थापा बजेट किताब नपढी संसदमा किन बरबराए ? प्यूठानका जनता आश्चर्यमा परेका छन् ।

शहरी विकासमन्त्री बनेका सिंहले प्यूठानको विकासलाई प्राथमिकतामा राखेर उल्लेख्य बजेट राखिदिएका छन् ।

उता, लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री राणाले पनि प्यूठान जिल्लामा बजेट र योजनाहरूको बाढी ल्याइदिएका छन् । राणाले प्यूठानमा शहरी विकास तथा खानेपानी मन्त्रालयबाट मात्रै झण्डै दुई अर्ब बराबरको योजनाहरू राखेका छन् । ती योजनाहरू पनि एमालेका सांसद थापाले देखेका छैनन् । मन्त्री राणाले प्यूठानमा लगेका योजनाहरूले पनि एमालेका सांसद थापालाई तनाब भएको छ ।

वर्षौंदेखि बन्न नसकेका बाग्दुला–दम्ती–बहाने सडक होस् वा बाग्दुला–झिमरुक सडकखण्ड होस्, ती रणनैतिक सडकहरूमा मन्त्री राणाले उल्लेख्य बजेट विनियोजन गरेर प्यूठानको मुहार फेर्ने तयारीमा छन् ।

प्यूठान जिल्लामा यस पटक धेरै बजेट र योजनाहरू परेपछि प्रतिनिधि सभामा एमालेका सांसद थापा र विकास विरोधीहरूलाई तनाब भएको छ ।

Published : Monday, 2025 June 23, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया