बीमाकाे दश लाख खान कीर्ते गर्ने नासु अधिकारीसहित छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पशुपति अधिकारीसहित छ जनालाई कीर्ते कागजपत्रका आधारमा १० लाखको बीमा रकम ठगीको प्रयास आरोपमा पक्राउ गरेकाे छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नायब सुब्बा (कम्प्युटर अपरेटर) अधिकारीसहित ६ जनालाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारबाट फर्किएपछि मृत्यु भएकी महिलाको बीमा रकम ठगीको प्रयास अभियोगमा सिआइबीले दुई सातादेखि हिरासतमा राखी लिखत किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको हो । अधिकारीसहित मोहन नेपाली, रामबहादुर नेपाली, निरकुमार मल्ल, रामबहादुर तामाङ र कान्छामान तामाङ हिरासतमा छन् । उनीहरूमध्ये कान्छामान वैदेशिक रोजगारबाट फर्किएपछि मृत्यु भएकी सोमा थिङका श्रीमान् हुन् ।
पक्राउ परेका ६ मध्ये नासु अधिकारीसहित चारजना दुई वर्षअघि यस्तै अपराधमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । त्यतिवेला नासु अधिकारी वैदेशिक रोजगार बोर्डकै सचिवालयमा कार्यरत थिए । उनीसहितको मिलेमतोमा वैदेशिक रोजगारमा गई मृत्यु भएकाको बिमा रकममा ठगी गरेका थिए ।
त्यतिवेला सरकारी वकिल कार्यालयले मुद्दा नचलाई मिलापत्र गराएपछि उनले उन्मुक्ति पाएका थिए । अहिलेको घटना भने अलि फरक प्रकृतिको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया