शिव मन्दिर कार्यसमितिमा महिलाहरू मात्रै निर्वाचित, अध्यक्षमा मीना शर्मा चयन

टोखा । काठमाडौंको टोखा नगरपालिका धापासी शिव मन्दिर टोल सुधार समितिको अधिवेशनले जेण्डर विशेषज्ञ मीना शर्माको नेतृत्वमा पहिलो पटक महिला मात्रै भएको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
१ सय ५० घरधुरी भएको टोल सुधार समितिको अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा सरिता शर्मा, सचिवमा अनिता बिष्ट, सहसचिवमा कल्पना खड्का, कोषाध्यक्षमा राधा सापकोटा तथा सदस्यहरूमा लीला थापा मगर, मञ्जु रायमाझी, शारदा पाण्डे र डिलमाया पोख्रेललाई सर्वसम्मत चयन गरेको छ ।
कार्यसतिका निवर्तमान अध्यक्ष डा.सन्तोष नेपालको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए । पौडेलले स्वास्थ्य क्षेत्रमा नागरिकका लागि नयाँ आयाम हुने गरी काम भैरहेको बताए ।
टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले शिव मन्दिर टोलमा सुधारका कार्यहरू गर्न सहयोग गरेका सबैप्रति आभार प्रकट गरेका छन् ।
कार्यक्रममा सल्लाहकार समितिका संयोजक वरिष्ठ पत्रकार टंक पन्त, सल्लाहकारहरू अधिवक्ता सूर्यकुमार विमली, रामचन्द्र ज्योति, खुशीराम पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया