कांग्रेस नेता आचार्यलाई मातृ शोक, सभापति देउवाद्वारा गहिरो शोक व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोकका पूर्व जिल्ला सभापति मधु आचार्यलाई मातृक शोक परेको छ ।
शनिबार शोक सन्देश जारी गरेर कांग्रेसले नेता आचार्यलाई मातृक शोक परेकोमा गहिरो दुःख व्यक्त गरेको हो । नेता आचार्यकी आमा मिठू आचार्यको असार ६ गते शुक्रबार भएको निधन भएको थियो ।
स्व.आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । मिठू आचार्यको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
मिठू आचार्यको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका थिए । मिठू आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
स्व.मिठू आचार्य राष्ट्रिय सभाकी सांसद कमला पन्तकी सासुआमा हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया