आफ्नै सरकारविरुद्ध विज्ञप्ति निकालेपछि कांग्रेस सभापति पुनसँग कार्यसमितिमा हिसाबकिताब हुने

मसुरिया । प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनसँग लज्जास्पद पराजय भोगेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफ्नै पार्टी सहभागी सरकारले ल्याएको बजेटको व्यक्तिगत रुपमा विरोध गरेका छन् ।

शुक्रबार आफ्नो सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्न लगाएर पुनले बजेटको आलोचना गरेका हुन् । संस्थागत रुपमा विज्ञप्ति जारी गर्ने हैसियत नभएपछि पुनले सचिवालयमार्फत विज्ञप्ति जारी गराएका हुन् । सभापति पुन कार्यसमितिमा अल्पमतमा छन् ।

आर्थिक मामिला मन्त्रालयको योजनाहरू प्रवेश गराउने कोठामा बसेर सभापति पुनले आफ्ना योजनाहरू राख्न खोजेका थिए । बजेट बनाउने कोठामा पुनको अनधिकृत प्रवेश र उपस्थिति भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यका साथै मन्त्रीहरू, सचिवसहित कर्मचारीहरूले आपत्ति जनाएका थिए । त्यसपछि लुसुक्क बाहिरिएका पुनले अहिले आएर त्यो रिस फेरेका छन् ।

सभापति पुनले लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जातीय अपमान हुने गरेर अपशब्द समेत बोलका छन् । पुनले बोलेको त्यो अपशब्द समाचारमा उल्लेख गर्न पनि सकिदैन । सभापति पुनले अपशब्द बोलेपछि त्यसको राम्रै जवाफ भेटेका छन् । आफ्नो शरीरमा भैँसी पनि नदेख्ने पुनले अर्काको शरीरमा जुम्रा हिँडेको पनि देख्न थालेपछि लुम्बिनी कांग्रेसमा खैलाबैला भएको छ ।

सभापति पुनको यस्तै हर्कत र गतिविधिले गर्दा नेता डा.शेखर कोइरालाले ढोकाबाट छिर्न दिँदैनन् । डा.शेखर कोइराला समूहबाट गलहत्याइएका पुनले औकात देखाउन थालेपछि कार्यसमितिमा त्यसको जवाफ माग गर्ने तयारीमा बहुमत पदाधिकारी र सदस्यहरू देखिएका छन् । पुन कोइराला समूहबाट सभापतिमा निर्वाचत भएका थिए । पछिल्लो समय सभापति पुन महामन्त्री गगन थापाको समूहमा छिरेका छन् ।

सभापति पुनलाई सचेतक पदबाट राजीनामा दिएर फुर्सदली भएकी समानुपातिक ‘टीके’ सांसद निमा गिरीको सरसल्लाहमा हिँड्ने गरेका छन् । गिरी एनजिओ÷आईएनजिओका कार्यक्रममा बाक्लै सहभागी हुँदै आएकी छिन् । निमाको खटनपटन र सुझावमा सभापति पुन हिँड्ने गरेको आरोप छ ।

पुनले लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रतिनिधिहरूले आफ्नो निश्चित स्वार्थ समूहको दवावमा वार्षिक कार्यक्रम तथा बजेट निर्माण गरिएको निचोड विशेष ध्यानाकर्षण भएको जनाएका छन् ।

ठेकेदार पृष्ठभूमिका पुनले आफ्नो पदीय हैसियत र जिम्मेवारीलाई बिर्सेर आफ्नै पार्टी सहभागी भएको सरकारले ल्याएको बजेटको सचिवालयमार्फत विज्ञप्ति जारी गर्न लगाएर विरोध गरेका हुन् । आफूले भनेअनुसार बजेट ल्याउने हो वा बनाउने होभने सबैभन्दा पहिला निर्वाचन जित्नुपर्छ ।

कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा समेत पराजित भएका पुनले पार्टी सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेनन् ।

सभापति पुनको गैरराजनीतिक विज्ञप्तिका विषयमा लुम्बिनी कांग्रेसको कार्यसमिति बैठकमा बहुमत पदाधिकारी र सदस्यहरूले जवाफ माग गर्ने तयारी गरेका छन् ।

सभापति पुन स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनसँग साढे ५ हजार भन्दा बढी मत अन्तरले पराजित भएका थिए । दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत पाएका थिए ।

Published : Friday, 2025 June 20, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया