संघीयतामाथि वितृष्णा बढेका बेला मेयरद्वारा प्रदेश सभा खारेज गर्नुपर्ने प्रस्ताव सर्वसम्मत पारित

धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका मेयर अशोककुमार व्याञ्जुले प्रदेश सभा खारेज गर्न अनुरोध गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेका छन् ।

बिहीबार बसेको १७औं नगरसभाबाट मेयर व्याञ्जुले संघीयतामाथि प्रश्न उठाउँदै प्रदेश सभा खारेजीका लागि केन्द्र सरकारलाई आग्रह गर्ने सर्वसम्मत निर्णय गराएका हुन् ।

नगरसभामा प्रदेशसभा खारेज गर्न संघ सरकारलाई अनुरोध गर्ने भनि कार्यपालिका सदस्य धुलिखेल नगरपालिका वडा नं. २ का वडाध्यक्ष अर्जुन न्यौपानेले प्रस्ताव राखेका थिए । न्यौपानेको प्रस्तावलाई नगरसभाले बैठकले सर्वसम्मत पारित गरेको मेयर व्याञ्जुले जानकारी दिएका छन् ।

प्रदेश खारेज गर्ने वडाध्यक्ष न्यौपानेको प्रस्तावमा धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष गणेश आचार्यले समर्थन गरेका थिए ।

संघीयता, प्रदेश सरकार र प्रदेश सभामा व्यापक अनयिमितता र आर्थिक बोझ भएपछि जनतामा वितृष्णा बढेका बेला धुलिखेल नगरपालिकाले प्रदेश सभा खारेज गर्नुपर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । संघीयताका नाममा धेरै आर्थिक बोझ र अनियमितताहरू भइरहेका छन् । भ्रष्टाचारका ठूला ठूला घोटालाहरू भइरहेका छन् ।

Published : Friday, 2025 June 20, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया