पाठकलाई पत्रकार मिश्रको प्रश्न–छोरीलाई स्कुलमा ६० प्रतिशत छुटमा पढाउने, प्रमाणविना चरित्रहत्या गर्ने ?

काठमाडौं । साइबर अपराधमा फरार रहेका दिलभुषण पाठकका विषयमा पत्रकार राजेश मिश्रले आफ्नो सन्तानलाई साठी प्रतिशत सहुलियतमा स्कुलमा पढाउने र सबुत प्रमाणविना चरित्रहत्या गर्ने कार्य भएको भन्दै चिन्ता जनाएका छन् ।
बिहीबार पत्रकार मिश्रले सामाजिक सञ्जालमार्फत दिलभुषण पाठकको नाम नलिएर आलोचना गरेका हुन् । साइबर अपराध गरेपछि पाठकलाई पक्राउ गरेर कारबाही गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई पक्राउ पुर्जी दिएको छ । पाठक भूमिगत छन् ।
पाठकले दर्ता नै नगरेर युट्युबमा जयवीर देउवाविरुद्ध भ्रामक सामग्री राखेर चरित्र हत्या गरेका छन् । पाठकविरुद्ध प्रेस काउन्सिल नेपालमा निवेदन दिँदा आफ्नो क्षेत्राधिकारमा नपर्ने भनेर साइबर ब्यूरो, भोटाहिटीमा पठाइदिएपछि जाहेरी परेको थियो ।
पत्रकार मिश्रले लेखेका छन्, ‘एकथरी पत्रकारहरू तलब नपाएको रोइलो गर्छन् । अर्काथरी पाँचतारे रिसोर्टमा सपरिवार रौस गरेको तस्वीर फेसबुकमा छाप्छन् ।’
‘अर्काथरी पनि छन्, जो आफ्ना सन्तानलाई साठी प्रतिशत सहुलियतमा आरजु राणाको स्कूलमा पढाउँछन् । अनि बिना सबूद प्रमाण उनैका अपकृत्यका बारेमा भट्त्याउँछन्,’ पत्रकार मिश्रले लेखेका छन्, ‘अनि सहुलियतमा पढेकोले हात मिलाएन भनेर समाचार पनि छाप्छन् ।’
‘नगरकोटमा पार्टी गरेर स्वतन्त्र पत्रकारिताको नारा उराल्छन् । पत्रकारितामा पनि दोहोरो मापदण्ड छ,’ मिश्रले भने, ‘अघिल्लो साँझ चपाएको दाँत बिहान कोट्याउनु अघि ऐनामा आफ्नो अनुहार हेरौं ।’
पाठककी छोरी युलेन्स स्कुलमा ६० प्रतिशत छुटमा अध्ययन गर्दै आएको पत्रकार मिश्रले उल्लेख गरेका छन् । मिश्रको यो कुराले पाठककी छोरी निकै घमण्डरी र बाबुकै अहँकारमा हुर्किएकी हुन भन्ने देखाएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया