सभापति देउवाद्वारा कांग्रेसको आकस्मिक बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक असार ४ गते बुधबारका दिन बिहान ०८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

कांग्रेसको आकस्मिक बैठकका विषयमा केही भनिएको छैन । बैठकमा के विषयमा छलफल हुने हो सो कुराको पनि जानकारी दिइएको छैन ।

Published : Tuesday, 2025 June 17, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया