गृहमन्त्रीविरुद्ध रास्वपा कार्यालयमा नक्कली उजुरीको योजना, उजुरीकर्ताले नै गरे खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा गृहमन्त्री रमेश लेखकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने योजना बनेको खुलासा भएको छ ।
वैदेशिक रोजगारीमा जान खोज्दा ठगिएका भनिएका युवाहरू नै रास्वपा कार्यालयमा आफूलाई बोलाएर उजुरीका विषयमा छलफल भई अख्तियारसम्म पुर्याएर उजुरी दर्ता गर्न लगाएको खुलासा गरेका छन् । केही दिनअघि सञ्चार माध्यममा गृहमन्त्रीविरुद्ध अख्तियारमा उजुरी परेको विषय सार्वजनिक भएको थियो ।
एक वर्षअघि वैदेशिक रोजगारीका लागि एजेन्ड मार्फत पोल्यान्ड जान प्रयासरत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का तीन जना युवाले अख्तियारमा उजुरी दिएका थिए ।
उजुरीकर्तामध्येका बारपाक सुलिकोट गाउँपालिका–४ मनोज गुरुङले रास्वपा कार्यकर्ताले ठगिएको विषयमा सहयोग गर्ने भन्दै केन्द्रीय कार्यालय बोलाएर उजुरी दिने योजना बनाएको जानकारी दिए । उजुरीको विषयमा योजना बनेपछि आफूहरू रास्वपा कार्यकर्तासहित जाहेरी दिन अख्तियार दुरुपोग अनुसन्धान आयोग पुगेको बताए ।
‘पहिलो दिन रास्वपा कार्यालयमा योजना बन्दा सांसद सुमना श्रेष्ठ पनि आउनुभएको थियो,’ गुरुङले भने, ‘अर्को दिन भोलिपल्ट सबैलाई अख्तियार लगियो । अख्तियारको आगन्तुक कक्षमा उजुरी लेख्ने काम भयो ।’ उनले सबै पीडितको उजुरी लेखिदिने दुई जना अपरिचित व्यक्ति रहेको समेत बताएका छन् ।
‘सबैको उजुरी लेखिदिने दुई जना अपरिचित मान्छे थिए । चिन्दैनौ । अरुको उजुरी लेख्दै थिए । हाम्रो पनि लेखदिन्छौ भन्यो । समस्या भन्यौँ उहाँले लेख्नुभयो,’ गुरुङले भने, ‘उजुरीमा हस्ताक्षर गर्न भने त्यसमा गृहमन्त्रीको नाम जोडेको कुरो अर्काे दिन मिडियामा आएपछि थाहा पायौं ।’
गुरुङले उजुरीमा गृहमन्त्रीको नाम लेख्ने आफूले नलगाएको समेत बताएका छन् । ‘उजुरी लेखेपछि हस्ताक्षर गर्न भन्यौ उता दिन भन्यो । गृहमन्त्रीको विषय हामीले त्यो भनेको होइन । हाम्रो समस्या मात्रै भनेको हो । त्यहाँ गृहमन्त्री जोडेछन्,’ गुरुङले भने, ‘उजुरी हालेर बाहिर निस्किदा केही मिडियाकर्मी थिए । उहाँहरूले भिडियोहरू लिनुभयो र फेसबुकतिर हाल्नुभएको रहेछ ।’
उजुरीको विषयमा फेरिस्त सुनाएका गुरुङसहित बारपाक सुलिकोटकै अर्का युवक शिलमान गुरुङ र मनोज गुरुङले आफूहरूले मिडियामा वैदेशिक रोजगारीको विषयमा ठगिएकालाई सहयोग गर्ने खालको सूचना आफूहरूले पाएको समेत बताएका छन् ।
‘विदेश जाने निर्णय लिएर पहिलो पटक पोल्यान्ड जान प्रयास एक वर्षभन्दा बढी समयअघि परेको हो,’ गुरुङले भने, ‘रिजेक्ट भयो, त्यहाँबाट हाम्रो एजेन्टले फेरि अर्को देश लगाइदिन्छु भन्ने कुरो गर्यो । ग्रिसका लागि गर्छु भन्यो । पोल्यान्ड गर्दा पनि एक वर्ष अगाडि चार चार लाख बुझाएको हो । त्यो फिर्ता भएन ।’
गुरुङले एजेन्टले फेरि ५/६ लाख थपेर अर्को देशका लागि कुरा भएपछि प्रतिव्यक्ति ९/१० लाख बुझाएको बताए । ‘पछि साथीहरूले उजुरी गरेपछि एजेन्ट पक्राउ परेछन्,’ गुरुङले भने, ‘रास्वपाकै साथीहरूको आग्रहमा रास्वपा कार्यालय पुगेका हौं । बेरोजगारीमा बेला पनि हामीलाई यस्तो झञ्झटमा पार्ने काम भयो ।’
गृहमन्त्री लेखकले गत शुक्रबार प्रतिनिधिसभामा बोल्दै आफूविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरी कीर्ते जालसाजी गरी आफूविरुद्ध उजुरी दर्ता गरेको बताएका थिए ।
‘कुन पार्टी कार्यालयमा कीर्ते जाहेरीको काम भएको छ त्यो मलाई जानकारी भइसक्यो,’ लेखकले भनेका थिए, ‘कीर्ते जालसाजी र अर्मयादित काम गरेर आफ्नो राजीनितक अभिष्ट पूरा गर्ने काममा नलाग्न आग्रह गर्छु ।’
गृहमन्त्री लेखकले कीर्ते जालसाजीमा संलग्नहरूलाई खोजीगरी कारबाहीको गर्ने चेतावनी समेत दिएका थिए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया