दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रामा व्यवसायीको भूमिका महत्वपूर्ण : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको कार्यक्रममा देउवाले व्यावसायिक हक–हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको बताए । उनले दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
सभापति देउवाले भने, ‘कठिन भौगोलिक अवस्थाका कारण देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्न जटिलता रहँदै आएको छ, पछिल्लो समय दिनहुँजसो भइरहेका सवारी दुर्घटनाले आम नागरिकको जीवन र सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ, कांग्रेसले यी समस्यालाई गम्भीरतापूर्वक लिएको छ ।’
यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ लोकतान्त्रिक यातायात व्यवसायी संघमा आबद्ध व्यक्तिको एकताबद्ध प्रयास र सहकार्य आवश्यक हुने देउवाले बताए ।
उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान् यातायात व्यवसायीको हक हितका लागि कांग्रेसको सदैव साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
कार्यक्रममा महामन्त्री गगन थापा, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य एवम् सार्वजनिक यातायात समन्वय विभाग प्रमुख शिवप्रसाद हुमागाईं, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुजकृष्ण बानियाँ, ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया