अख्तियार आउ वीरगञ्जको यातायात कार्यालयका हाकिम, दलाल र बिचौलियासँग बचाउ

कृष्ण यादव
वीरगञ्ज । यातायात कार्यालयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराएर अबैध रकम (घुस) लेनदेन हुने गरेको घटना नौलो होइन । यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पैसाले धमाधम लाइसेन्स बिक्री भइरहेको आरोप लागेको छ ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कुशश्वेर साह हुन् । साह मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय यादवको आशीर्वादमा यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुख भई आएका हुन् । प्रमुख साहले चैत १५ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेका छन् ।
साह आएको दिनदेखि नै यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पैसाको चलखेलमा धमाधम ट्रायल र लिखित परीक्षामा फेल भएकाहरूलाई पास गराउँदै आएको आरोप छ । साहले आफ्नो विश्वासपात्रहरूको माध्यमबाट रकम बुझेर धमाधमा फेल भएकाहरूलाई पास गराउँदै आएका छन् । साह सवारी फाँटको प्रमुख रहँदा अर्काको पिकअप गाडीलाई नक्कली कागजातमार्फत बिक्री गरेका थिए । गाडी नै बिक्री गरेको समाचार प्रकाशित भएपछि साह विवादित बनेका थिए ।
साह दोस्रो पटक प्रदेशका मन्त्रीको आशीर्वादले यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख भएर आएपछि भने वीरगञ्जको यातायात कार्यालयमा हरियाली छाएको छ । आर्थिक आतंक नै मच्चिएको छ । सेवाग्राहीहरू यातायातका कर्मचारीहरूको आर्थिक आतंकबाट आजित बनेका छन् ।
साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि माथिल्लो निकायसम्म सेटिङ्ग बनाएको भनेर वीरगञ्जमा आतंक मच्चाएका छन् ।
सेवाग्राहीका अनुसार साहले बिचौलियाहरू परिचालन गरेर उनीहरूमार्फत मोटरसाइकलको १० हजारदेखि १५ हजारसम्म चार पाङ्ग्रे गाडीको लागि २० देखि ३० हजारसम्म र हेभी गाडीको लाईसेन्सको ३० हजारदेखि ५० हजारसम्म रकम लिई फेल भएकालाई पास गराउने गरेको आरोप छ ।
बिचौलिया, दलालहरूसँग मिलेर ट्रायल सेन्टरमा सिसी क्यामेरा जडान भएपनि सिसी टिभी क्यामेरा रेकर्डिङ भएका भिडियोहरूलाई ईडिटिङ्ग गरि हटाउने गरेको स्रोतले जनाएको छ ।
लाइसेन्सको परीक्षा तथा ट्रायलमा पास हुने र पैसा दिएपछि कम्प्युटरमा लाइसेन्स भेरिफाई हुने तथा पास गराउने गरेको एक कर्मचारीले बताएका छन् ।
स्कुटर, ट्रक, मेसिनरी सवारीसम्मका लाइसेन्स सेटिङमार्फत १० हजारदेखि ७० हजार रुपियाँसम्ममा बिक्री भइरहेको आरोप छ । ट्रायलमा फेल भएकाहरूलाई समेत पैसा बुझाएर पास गराउने काम भइरहेको छ ।
जे१ एक्साभेटर, जे२ ब्याकहोइ लोडर, जे३ ग्रडर, जे४ फोर्कलिफ्ट, एच१ डोजर, एच२ रोड लोडर, आई१ क्रेन, आई२ फायर ब्रिगेड, ई३ लोडरलगायतका मेसिनरी सवारीहरूको ट्रायल सेटिङमार्फत पास गराउने योजनामा घुसको रकम संकलन गरिएको स्रोतले जनाएको छ ।
अबैध आर्थिक लेनदेनको कारोबारमा प्रमुख साहका विश्वासपात्र ट्रायल प्रमुख रामसुन्दर महतो र ट्रयाक्टर फाँट तथा लिखित प्रमुख बद्री दाहाल र दर्जनभन्दा बढी दलालको टोली सक्रिय रहेको पीडितहरूको भनाइ छ ।
ट्रायल प्रमुख महतो र दाहाललाई सम्पूर्ण जिम्मेवारी दिएका छन् । दाहालले तलदेखि माथिसम्म मन्त्रालय, प्रहरी, नेता, पत्रकारसम्म सेटिङ्ग मिलाउने गरेका छन् ।
दाहाल करिब १६ वर्षको जागिरे जीवनमा करिब १२ वर्ष यातायात व्यवस्था कार्यालय वीरगञ्जमा कार्यरत छन् । केही वर्ष पहिला दाहाललाई आर्थिक अनियमिता गरेको आरोपमा अख्तियारले ४ वर्षको लागि निलम्बन गरेको थियो । दाहाल पावर लगाएर पुनः यातायात व्यवस्था कार्यालय वीरगञ्जमा फर्किएका हुन् ।
महतोले ट्रायलका लागि सूचना निकाल्दा सेटिङ्गमा लाइसेन्स लिनेहरूको ट्रायल नै नहुने र हुँदा पनि ड्रेस, हेल्मेट र माक्स परिवर्तन गरि ट्रायल लिने गरेको एक सेवाग्राहीले बताएका छन् ।
महतो ट्रायल सेन्टरमा पास भएकाहरूलाई पनि ट्राफिक प्रहरीको सहयोगले फेल समेत गर्ने गरेको सेवाग्राहीहरूको गुनासो छ । महतोले फेल भएकाहरूलाई पैसा लिई पास गराउने गरेको आरोप छ ।
लिखित परीक्षा र ट्रायल परीक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुन्छ । ट्राफिक प्रहरीले नचाहने हो एउट सिन्को पनि हिल्दैन । ट्राफिक प्रहरी कार्यालयका मधेश प्रदेश प्रमुख एवम् जिल्ला प्रहरी ट्राफिक कार्यालय पर्साका प्रमुखहरूको मिलोमतोमा भष्टचार बढेको आरोप छ ।
लाइसेन्स सम्बन्धमा अख्तियारले अन्य ठाउँमा छानबिन गरेता पनि यातायात व्यवस्था कार्यालय वीरगञ्जका लागि मौन बसेको सेवाग्राहीहरूको गुनासो छ । सेवाग्राहीहरूले यातायात व्यवस्था कार्यालय वीरगञ्जमा स्टिङ्ग अप्रेशन सञ्चालन गर्न माग गरेका छन् ।
प्रतिक्रिया लिन यातायात व्यवस्था कार्यालय वीरगञ्जका कार्यालय प्रमुख साहसँग सम्पर्क गर्दा उनले नम्बरमा कल फर्वाड गरेकाले फोन सम्पर्क हुन सकेन ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया