पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचारबाट बच्न सातौँ तलामा प्रदीपको तान्त्रिक पूजा

काठमाडौं । झण्डै १५ अर्ब भ्रष्टाचार र घोटालाको मुख्य नायिकेका रुपमा कारबाही सिफारिस भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ग्रहशान्ति, स्वस्ती शान्तिका लागि झाँक्री/तान्त्रिक पूजा गरेका छन् ।
जेठ २५ गते आइतबार महानिर्देशक अधिकारीले प्राधिकरणको नयाँ भवन सिनामंगलमा तान्त्रिक पूजा गरेको उनको सचिवालयभित्रको कोरटिमका एक सदस्यले बताए । जबकि प्राधिकरणको सिनामंगलको ५ अर्बमा बनेको नयाँ भवन पनि भ्रष्टाचारमा छानविन भइरहेको छ । सोही भवनमा सबै कर्मचारीहरू कार्यालय समय सकिएर घर हिँडेपछि महानिर्देशक अधिकारीले झाँक्री÷तान्त्रिक पूजा गरेर ग्रहशान्ति मनसाउने कार्य गरेका हुन् । पोखरा भ्रष्टाचार काण्डमा कारबाही सिफारिस भएका निर्देशक ई.बाबाराम पौडेल, राष्ट्रिय गौरव आयोजनाकी निर्देशक आर्किटेक्चर चाँदमाला श्रेष्ठ लगायतको समूह तान्त्रिक पूजामा सामेल थिए । आयोजना प्रमुख विनेश मुनाकर्मीको बुबाको निधन भएको तथा प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेलको आमाको निधन भइ बर्खान्त बारेका कारण उनीहरू त्यो तान्त्रिक पूजामा समेल हुन सकेनन् । तान्त्रिकले पूजा सम्पन्न गरेपछि पोखराको १५ अर्बको भ्रष्टाचार घोटलामा केही पनि नहुने भनेर आशीर्वाद दिएको प्रत्यक्षदर्शी एक सदस्यले बताए ।
झाँक्रीले ढ्याङ्ग्रो ठटाएर एक घण्टासम्म पूजा गरेका थिए । महानिर्देशक अधिकारीलाई १५ अर्बको भ्रष्टाचारको मुद्दा नलागोस् भनेर आशीर्वाद दिँदै तान्त्रिक टीका, माला, डोरी समेत हातमा बाँधी दिएको सचिवालयका ती कर्मचारीले बताए । प्राधिकरणको नयाँ भवनको सातौँ तलामा रहेको आफ्नो कार्यकक्षमा झाँक्रीलाई राखेर महानिर्देशक अधिकारीले पूजा गराएका हुन् ।
ठूलो रकम खर्च गरेर अख्तियारको प्रमुख आयुक्तमा पूर्वसचिव महेश्वर न्यौपाने वा पूर्वमुख्यसचिव शंकरदास बैरागीमध्येबाट एकजनालाई बनाएर आफ्नो १५ अर्बसहितका थुप्रै भ्रष्टाचारहरूको फाइल गायब बनाएर चोखिने योजना बनाइरहेका बेला महानिर्देशक अधिकारी पछिल्लो समय तान्त्रिकको शरणमा पुगेका छन् । अख्तियारको आयुक्त पदमा वाइडबडी घोटालामा डामिएका पूर्व पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी नियुक्ति गराउँछु भनेर अधिकारीले बोकेर हिँडेका छन् ।
झण्डै १५ अर्ब भ्रष्टाचार घोटालाबाट बच्ने कुनै पनि उपाय नदेखेपछि महानिर्देशक अधिकारी झाँक्री र तान्त्रिकको शरणमा पुगेका छन् । अब तान्त्रिकले नै १५ अर्ब भ्रष्टाचारका आरोपीहरूलाई बचाउने जिम्मेवारी लिएका छन् ।
२०८० सालको दशैँ ताका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा आयोजनाको कार्यालयमा छापामारेर सबै कागजपत्र नियन्त्रणमा लिएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार काण्डको छानविन सुरु भएको थियो । त्यसपछि अधिकारीले माघ महिनामा नेपालकै सुप्रशिद्ध दावी गर्ने वास्तुविद्, ज्योतिशास्त्री, तान्त्रिक बाबाहरू लगायतलाई मोटो रकम दिएर प्राधिकरणको नयाँ भवनको सातौँ तलामा रहेको आफ्नो कार्यकक्षमा वास्तुअनुसार टेबुल, कुर्सी लगायतका सामग्रीहरू राखेका थिए । त्यस बेला अधिकारीले आफ्नो कार्यकक्षमा तान्त्रिक र वास्तुविदहरूको सुझावमा राहु, केतु, शनि, मंगललाई शान्त पार्न आफू बस्ने टेबल कुर्सी बाङ्गाटिङ्गा बनाएर राख्न लगाएका थिए । उनले सोही बेला श्रीयन्त्र, गणेश यन्त्र, स्वस्तिक यन्त्र भित्तामा झुण्ड्याएर पनि राख्न लगाएका थिए ।
२०८१ सालको साउन महिनामा १५ दिनको अन्तरालमा सौर्य एयर लाइन्सको जहाज र एउटा हेलिकप्टर दुर्घटना भएको थियो । त्यसपछि पाप र भ्रष्टाचार मोचन गर्नेभन्दै महानिर्देशक अधिकारीले पशुपतिनाथ मन्दिरमा गएर क्षमापूजा गरेका थिए ।
यती गर्दा पनि महानिर्देशक अधिकारीको काण्डमाथि काण्डहरू थपिदै गयो । अधिकारीको पापको घडा झन् भरिदै गयो । एककान, दुईकान, दुईकान हुँदै महानिर्देशक अधिकारीमाथि छानविनको माग उठ्यो । जुन उनले गरेकै कर्मअनुसारको फल हो ।
लेखा समितिले राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय छानविन उपसमिति बनाइ पोखरा विमानस्थलमा १५ अर्ब भ्रष्टाचार भएको ठहरसहित अख्तियारलाई छानविन गरी दोषी उपर कारबाही गर्न सिफारिस गरिसकेको छ । लेखा समितिले महानिर्देशक अधिकारीसहित निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक विनेश मुनाकर्मी, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, पूर्व महानिर्देशकहरू सञ्जीव गौतम र राजन पोखरेललाई कारबाही सिफारिस गरेको छ ।
बिचौलिया, ठेकेदार, भ्रष्ट, चम्चे, दलालहरूलाई मात्रै पहुँच रहेको महानिर्देशक अधिकारीको कार्यकक्षमा रिमोट कन्ट्रोलवाला गेट राखिएको छ । लिफ्टबाट मात्रै उनको कार्यक्षमा पुग्न सकिन्छ । उनले लिफ्टमा समेत सीसीटीभी क्यामरा जडान गरेर राखेका छन् । छैटौँ तलासम्म भर्याङ दुबै प्रयोग गर्न सकिन्छ । तर, सातौँ तलामा रहेको अधिकारीको कार्यकक्षमा प्रवेश गर्नका लागि रिमोटबाट उनले नखोल्ने गेट/ढोका राखिएको छ । अधिकारीले अनुमति दिएनन् भने त्यो ढोकाबाट प्रवेश गर्न सकिदैन ।
जनताको करबाट तलब, भत्ता खाने कर्मचारीले यो हदसम्मको सोँच्नै नसक्ने गरी सुविधा महानिर्देशक अधिकारीले लिइरहेका छन् ।
लेखा समितिको सिफारिसपछि अख्तियारले पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचारमा कारबाहीको अन्तिम तयारी गरिरहेका बेला महानिर्देशक अधिकारीसहितको भ्रष्ट समूहले तान्त्रिकको शरणमा पुगेर बच्ने उपाय खोज्न थालेको छ । यो भ्रष्ट समूहलाई तान्त्रिकले बचाउँछ वा अख्तियारले काराबहीको डण्डा चलाउँछ त्यो भने हेर्न बाँकी छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया