अर्थसचिव मैनाली प्रलोभनमा परेपछि बागमतीको बजेटमा बिचौलिया-दलालहरू हाबी, मुख्यमन्त्री निरिह

हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले कमिशनको चक्करमा आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण उथलपुथल ल्याइदिएका छन् ।

अर्थमन्त्री मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले राजश्व र दायित्वलाई ध्यानमा राखेर बास्तविक धरातलको बजेट ल्याउन खोजेका थिए । अर्थमन्त्री काफ्लेलाई असफल बनाउन सचिव मैनालीले आफैले योजनाहरू वितरण गरेका छन् । राजनीतिक नेतृत्वले जस्तै गरेर सचिव मैनालीले योजनाहरू बाँडेका हुन् । सचिव मैनालीले कमिशनको चक्करमा दलाल, बिचौलियाहरूको प्रभावमा परेको आरोप लागेको छ । सचिव मैनाली एमाले निकटका मानिन्छन् । एमालेलाई पोस्ने गरेर मैनालीको गतिविधि निरन्तर हुँदै आएका थिए ।

असार १ गते अर्थात् आइतबार बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन लागेको छ । दलाल, बिचौलिया र कमिशनको पछाडि हिँडे सचिव मैनालीलाई बजेट आउनेवित्तिकै हटाउने तयारी भएको छ । सचिव मैनालीले मुख्यमन्त्री बहदादुरसिंह लामालाई समेत टेर्दैनन् । मुख्यमन्त्री लामाले समेत अर्थसचिव मैनालीलाई अर्थमन्त्री काफ्लेको निर्देशनमा काम गर्न भनेका थिए । तर, मैनालीले टेरपुच्छर लगाएनन् ।

सचिव मैनालीले आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेसँग समेत परामर्श नगरेर कमिशन पाइने स्थानहरूमा बजेट दिएको आरोप लागेको छ । मन्त्री काफ्लेले बजेट निर्माणका क्रममा राजनीति नगर्न सचिव मैनालीलाई पटक पटक निर्देशन दिएका थिए । तर, सचिव मैनालीले सरकारलाई असफल बनाउने गरेर बिचौलिया र दलालहरूको चङ्गुलमा परेर बजेट तहस नहस बनाएका हुन् ।

अर्थ सचिव मैनालीले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २१ अर्बको सिलिङ दिएका छन् । स्रोत सुनिश्चितालाई ध्यानमा राखेर अर्थमन्त्री काफ्लेले भौतिक मन्त्रालयलाई १५ अर्ब मात्रै सिलिङ दिनुपर्ने अडान राख्दाराख्दै सचिव मैनालीले कमिशन र दलालको प्रभावमा परेर १५ बाट बढाएर२१ अर्ब दिएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालयलाई अर्थ सचिव मैनालीले अर्थमन्त्री काफ्लेसँग सरसल्लाह नै नगरी दलावहरूको प्रभावमा परेर सिलिङ बढाएर बजेट बनाउन अनुमति दिएका हुन् ।

Published : Saturday, 2025 June 14, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया