सहकारी ठगीमा जेलमा रहेका एमाले नेता एवम् ढोरपाटनका मेयरको घरमा पीडितद्वारा तालाबन्दी

बागलुङ । सहकारीका पीडितहरूले इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवम् ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको घरमा ताला लगाइदिएका छन् ।
शनिबार बागलुङ बजारस्थित कर्मा कम्प्लेक्स रहेको घरमा पीडित संघर्ष समितिले तालाबन्दी गरेका हुन् । नगरप्रमुख नेपाली एमालेबाट निवार्चित भएका थिए । मुद्दा दर्ता भएपछि निलम्बनमा परेका छन् । नेपाली हाल पुर्पक्षका लागि जेलमा छन् ।
संस्थापक अध्यक्ष नेपाली सहकारी ठगी मुद्दामा जेलमा रहेको बेला बैंकको समेत मिलेमतोमा घर बिक्री गरिएको भन्दै इमेज पीडित संघर्ष समितिका पदाधिकारीले घरमा ताला लगाएका छन् । घरको भूइँ तलामा भाडामा विभिन्न पसलहरू संचालनमा थिए । ती पसलको सुरुवाती चरणको भाडा संघर्ष समितिले संकलन गरेको थियो ।
कम्प्लेक्स बागलुङ नगरपालिका वडा नं. ११ का रामबहादुर क्षेत्री र गोमा क्षेत्रीले खरिद गरेका छन् । हाल अमेरिका बस्ने क्षेत्री परिवारले उक्त भवनको भाडा लिन थालेको भन्दै तालाबन्दी गरेको पीडितहरूले बताए ।
पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले माफियाहरूले बैंकलाई पनि प्रभावमा पारेर घरजग्गा किनेको बताएका छन् । नेपालीको घरलाई क्षेत्री परिवारले २३ करोडमा खरिद गरेको स्थानीयले बताएका छन् ।
मिलेमतोमा बिक्री गरिएको भन्दै पीडितले गत साता दुई दिनसम्म राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखामा तालाबन्दी र धर्ना दिएका थिए ।
उच्च अदालत पोखरा, बागलुङ इजलासले राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाममा गत बुधबार घरजग्गा तत्काल लिलाम नगर्न आदेश जारी गरेको छ । आदेशमा नेपालीको घरजग्गाहरू लिलाम गर्ने कार्य नगर्नु÷नगराउनु भन्ने उल्लेख छ ।
उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधीश नातीबाबु लामिछानेको एकल इजलासले उच्च अदालत नियमाबली, २÷७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी भएको हो ।
आदेशमा असार ९ गते अन्तरिम आदेशका लागि छलफलका लागि विपक्षीलाई म्याद सूचना जारी गर्ने भनिएको छ । बागलुङ नगरपालिका–२ मा हरेको कित्ता नम्बर ४५७, ४५८ र ४५९मा बनेको ठूलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो ।
बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले नेपाल राष्ट्र बैंकको नियम अनुसार घरजग्गा लिलाम भएको बताएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया