राजावादीको कित्तामा पुग्यो रविको रास्वपा, प्रचण्डको बोल्ड निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) एक ठाउँमा उभिएर संसदमा अबरोधको प्रयास गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र अनुसन्धान गरिरहेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर रास्वपा र राप्रपाले शुक्रबारको बैठकमा अबरोध गरेका हुन् ।
रास्वपा र राप्रपाले अवरोध गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सँग सत्तापक्ष दल नेपाली कांग्रेस तथा एमालेको दुई बुँदे सहमति भएको थियो । त्यो सहमतिसँगै दुई हप्तादेखि लगातार अबरुद्ध हुँदै आएको संसद बैठक खुलेको छ ।
संसदको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो सिटबाट उभिएर नारावाजी गरेका थिए । टेबुललाई फुट्ने गरेर ठोकेका थिए । विशेष गरेर रास्वपाका सांसदहरूको हर्कत हेर्न लायकको थियो । विभिन्न हाउभाउ गर्दै रास्वपाका सांसदहरूले गतिविधि देखाएको भिडियोमा हेर्न सकिन्छ ।
संसदको बैठक सुरु भएपछि सभामुखको अगाडि रोष्टम नजिकै पुगेर रास्वपाका सांसदहरूले नारावाजी गरिरहेका थिए । उनीहरूले नारावाजी गरे पनि राप्रपाका सांसदहरू भने आ–आफ्नो सिटमा उभिएका थिए ।
परिस्थितिले राजावादी पार्टी राप्रपा र रास्वपा मिल्न पुगेका छन् । मिलेर संसदमा विरोध तथा अवरोध गर्ने प्रयास गरिरहेका छन् । हुन त रास्वपाको कुनै स्पष्ट राजनीतिक नीति छैन । नीति नै नभएको रास्वपा र राप्रपाबीच तालमेल हुनु स्वभाविक हो ।
संसद अबरोध गर्दा राजावादीहरूलाई फाइदा पुग्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ड निर्णय गरेर संसद अबरोध खुलाउन सहमति जनाए । एक कदम पछाडि हटेर पनि प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई साथ दिएका छन् । प्रचण्डको त्यो बोल्ड निर्णयलाई राजावादीहरूले कमजोरीका रुपमा प्रचार गरिरहेका छन् ।
सबैभन्दा पहिला त व्यवस्था रह्यो भने फेरि पनि संसदको बैठक अबरोध गर्न सकिन्छ । व्यवस्था नै जाने अवस्था र राजावादीहरूको उद्देश्य पूरा हुने भयो भने गम्भीर हुन्छ ।
प्रचण्डले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेर राजनीतिक सम्वादको बाटो खोलिदिएका छन् । प्रचण्डले भाविष्यको राजनीतिलाई हेरेर एक कदम ब्यक भएका हुन् । प्रचण्डले बुझेको राजनीतिबाट राजावादी र सहकारी ठगका अभियुक्त सभापति रवि लामिछानेको पार्टीका नेताहरू आत्तिएर विभिन्न खालका आक्षेपहरू लगाएका हुन् । ती आक्षेपहरूमा कुनै दम छैन ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया