समान अधिकार सुनिश्चित गर्न सबै तहमा सक्रिय भूमिका आवश्यक : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सशक्तीकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
शुक्रबार कांग्रेसको पार्टी कार्यालय, वीपीनगर, ललितपुरमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघद्वारा आयोजित राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका र सहजीकरण पुस्तिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै देउवाले संविधान प्रदत्त समान अधिकार सुनिश्चित गर्न सवै तहमा सक्रिय भूमिका आवश्यक रहेको बताए ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न पार्टीको तर्फबाट प्रतिबद्धता जनाएकी छिन् ।
केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दलहरूको नीति निर्माणमा समावेशिताको आवश्यक्ता रहेको बताए ।
कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, अजयबाबु शिवाकोटी र संघका पूर्व अध्यक्ष प्रकाश पन्थले राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण दिएका छन् ।
संघका अध्यक्ष माधवप्रसाद चौलागाईंको सभापतित्वमा भएको समारोहमा अपाङ्ग समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।
विमोचित राजनीतिक अधिकार सहजीकरण पुस्तिका अपाङ्ग अधिकार र राजनीतिक सहभागिताबारे व्यवहारिक जानकारी दिने उद्देश्यले तयार पारिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया