समान अधिकार सुनिश्चित गर्न सबै तहमा सक्रिय भूमिका आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सशक्तीकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

शुक्रबार कांग्रेसको पार्टी कार्यालय, वीपीनगर, ललितपुरमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघद्वारा आयोजित राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका र सहजीकरण पुस्तिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै देउवाले संविधान प्रदत्त समान अधिकार सुनिश्चित गर्न सवै तहमा सक्रिय भूमिका आवश्यक रहेको बताए ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न पार्टीको तर्फबाट प्रतिबद्धता जनाएकी छिन् ।

केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दलहरूको नीति निर्माणमा समावेशिताको आवश्यक्ता रहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, अजयबाबु शिवाकोटी र संघका पूर्व अध्यक्ष प्रकाश पन्थले राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण दिएका छन् ।

संघका अध्यक्ष माधवप्रसाद चौलागाईंको सभापतित्वमा भएको समारोहमा अपाङ्ग समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।

विमोचित राजनीतिक अधिकार सहजीकरण पुस्तिका अपाङ्ग अधिकार र राजनीतिक सहभागिताबारे व्यवहारिक जानकारी दिने उद्देश्यले तयार पारिएको छ ।

Published : Friday, 2025 June 13, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया