अहमदावाद जहाज दुर्घटनाप्रति कांग्रेस मर्माहत र स्तब्ध

काठमाडौं । नेपाली कांग्रेसले भारतको अहमदावादमा भएको जहाज दुर्घटनाप्रति मर्माहत र स्तब्ध बनाएको जनाएको छ ।
शुक्रबार शोक वक्तव्य जारी गरेर कांग्रेसले भनेको छ, ‘भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य सहित २४१ यात्रुको मृत्यु भएकोे घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको छ ।’
‘उक्त घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ,’ कांग्रेसले भनेको छ ।
शोक वक्तव्यमा भनिएको छ, ‘विमान दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगल सरकारले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति सभापति देउवाले सहानुभूति प्रकट गर्नु भएको छ ।’
‘घटनामा परी निधन हुनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ,’ कांग्रेसले भनेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया