डा.भक्तमान काण्डमा फसेको नागरिक दैनिकलाई शोभाले ठ्याक्कै त्यही ठाउँमा ल्याइन्

काठमाडौं । कान्तिपुर पब्लिकेशनबाट आफ्नो सेयर लिएर बाहिरिएपछि विनोद ज्ञवालीको समूहले नेपाल रिपब्लिक मिडिया लिमिटेड मार्फत नागरिक दैनिक लगायतका प्रकाशनहरू गर्दै आएको छ ।
सुरुका दिनमा नागरिक दैनिकले केही राम्रो गरेको थियो । तर, धेरै समय चल्न सकेन । २/३ वर्षमै क्रमशः नागरिक दैनिकको गुणस्तर निकै खस्किदै गयो । केही प्रकशनहरू बन्द गर्नु पर्यो । पत्रकार र कर्मचारीहरू कटौती गर्नुपर्यो ।
कान्तिपुर दैनिकसँग टक्कर लिन खोज्दा नागरिक दैनिकको हालत पतला भयो । कान्तिपुर दैनिकसँग त संघर्ष गर्न सकेन सकेन । नागरिक दैनिकलाई राजधानी दैनिक, नेपाल समाचार पत्र जस्ता दैनिक पत्रिकाले उछिने । नयाँ पत्रिका दैनिकको त छेउमा पनि पुग्न सकेन ।
यतिसम्म भयो कि नागरिक दैनिकले आफ्ना पत्रकार र कर्मचारीहरूलाई समयमा तलब खुवाउन सकेन् । पत्रकार, कर्मचारीहरूले तलब लिन आन्दोलनमा जानु पर्ने बाध्यता आइपुग्यो । कार्यालय घेराउदेखि प्रदर्शनहरू भए । टाँट पल्टिने क्रममा पुगेको नागरिक दैनिकले जेनतेन आफूलाई चलाइरहेको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडकी निर्देशक शोभा ज्ञवाली हुन् । कर लगायतका विभिन्न घोटालाहरू गरेको अभियोग नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई लागेको छ । सेयर निष्काषर्न गर्ने क्रममा यो मिडिया हाउसले कीर्ते गरेको अभियोग पनि छ ।
निर्देशक शोभाका पति विनोद ज्ञवालीका अनेक व्यापार, व्यवसाय र धन्दाहरू छन् । नागरिक दैनिक पत्रिका बजारमा निकै कम छापिएर आउने गर्छ । यस्तो अवस्थामा शोभा ज्ञवालीले पत्रिकालाई चलाउने जुक्ति निकालेकी छिन् । शोभा र नागरिक दैनिकले चर्चा पनि पाएको छ । तत्कालका लागि शोभालाई फाइदा भयो होला । कालान्तरमा शोभाका दिन पनि धेरै राम्रा छैनन् । मिडिया सञ्चालन गरेर कमाइ गर्छु भन्ने सोँच छभने शोभाको भविष्य गतिलो छैन ।
सस्तो लोकप्रियताका लागि शोभाले परराष्ट्रमन्त्री डा.आरजु राणासँगको वार्तालापलाई समाचार बनाएर जसरी छपाइन् त्यो ‘पिसाबको न्यानो’ मात्रै हो । आफ्नो पत्रिकामा मुख्य समाचार बनाएर आकर्षक हेडलाइन राखेर केही समय दर्शक, स्रोतालाई भ्रममा पार्न सकिएल । सधैँ दर्शक, स्रोतालाई भ्रममा राख्न सकिदैन । दर्शक, स्रोता सचेत छन् । नागरिक दैनिकले भ्रामक समाचार प्रकाशित गरे पनि सामाजिक सञ्जाल निकै बलियो बनेर आएको छ । आफ्ना कुरा र अभिव्यक्ति राख्न सामाजिक सञ्जाल पर्याप्त छभन्ने कुरा शोभाले बुझ्न निकै जरुरी छ ।
नागरिक दैनिकले बिगतमा चितवनका चिकित्सक डा.भक्तमान श्रेष्ठको अपहरण प्रकरणमा ठूलो मूल्य चुकाइसकेको छ । परराष्ट्रमन्त्री डा.राणासँगको वार्तालापका विषयमा फेरि पनि नागरिक दैनिकले मूल्य चुकाउनुपर्नेछ । शोभाले डा.राणासँगको मित्रवत् वार्तालापलाई धम्कीका रुपमा प्रस्तुत गरेकी छिन् । डा.राणासँगको वार्तालापलाई समाचार बनाएर शोभाले अर्को गम्भीर गल्ती गरेकी छिन् । मिडिया छ भन्दैमा शोभा र पत्रकार दिलभुषण पाठकले देखाएको असंहिष्णुताले राज्यलाई मिडियाप्रति कठोर बन्न आकर्षित गर्न सक्छ ।
चिकित्सक डा.भक्तमान श्रेष्ठको अपहरण माओवादीले गरेको भनेर किटानी गरेर नागरिक दैनिकले लगातार झुठा र भ्रामक समाचार प्रकाशित गरिरह्यो । केही दिनमा नै डा.भक्तमान श्रेष्ठको अपहरण माओवादीले गरेको होइन भन्ने पुष्टि नै भयो । नागरिक दैनिक अपहरण प्रकरणमा नराम्रोसँग फस्यो । जनताको नजरबाट नागरिक दैनिक नराम्रोसँग गिरेको थियो ।
शोभाले झुठको खेती सुरु गरेकी छिन् । यो झुठ धेरै दिन टिक्ने वाला छैन । जहिले पनि सत्यको जित हुन्छ । शोभाहरूले बुझ्न जरुरी छ । शोभाले तातो तावामा रोटी सेक्ने प्रयास गरेकी छिन् । शोभालाई तातो तावाले पोल्ने पक्का छ ।
त्यो साख बचाउन संघर्ष गरिरहेको नागरिक दैनिककी निर्देशक शोभाको हर्कतले फेरि सबैलाई चकित बनाएको छ । डा.भक्तमान श्रेष्ठको अपहरणमा नागरिक दैनिकले भ्रामक र गलत समाचार प्रकाशित गरेर दर्शक, स्रोतालाई मुर्ख बनायो । अहिले ठ्याक्कै त्यही अवस्था शोभाले गरेकी छिन् । परराष्ट्रमन्त्री डा.राणासँगको वार्तालापलाई धम्की भनेर भ्रम फैलाएकी छिन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया