तीनकुने हिंसाका कमान्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ लाई धरौटीमा छाड्न आदेश

काठमाडौं । राजावादीको तीनकुने हिंसात्मक प्रदर्शनका कमान्डर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसहत सात जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बिहीबार मध्ये राति जारी भएको अदालतकाे आदेशअनुसार प्रसाईंलाई धरौटीमा छाड्न अस्वीकार भएको छ । मुद्दाको किनारा नलाग्दासम्म प्रसाईं थुनामा रहनेछन् ।
थुनामा पठाइएकामा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन् ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि मध्यरात उनीहरूलाई थुनामा पठाउने आदेश आएको हो । दुर्गा प्रसाईं क्यान्सरको पीडित भएका कारण उपचारको व्यवस्था गर्ने सुविधा थुनामा पठाउने आदेश भएको छ ।
प्रसाईसंगै सात जनालाई थुनामा पठाउन आदेश भएको छ । ३२ जना धरौटी जमानतमा छुटेका छन् । प्रहरीले सरकारी वकिलमार्फत ३९ जनाविरुद्ध अदालतमा अभियाेग पत्र दायर गरेकाे थियाे ।


बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया