भ्रष्टाचार प्रकरणमा अख्तियारद्वारा नयाँ बानेश्वरबाट सांसद कुशवाहालाई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार आयोगको प्रहरी टोलीले सांसद कुशवाहालाई काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकबाट नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
महोत्तरी क्षेत्र नम्बर–४ (२) बाट मधेश प्रदेश प्रदेशसभामा निर्वाचित कुशवाहाको घरमा आयोगले जेठ १२ गते छापा मारेको थियो । उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई आयोगले नियन्त्रणमा लिएको थियो । कायस्थले कुशवाहाविरुद्ध बयान दिएपछि अनुसन्धानका लागि सांसद कुशवाहालाई नियन्त्रणमा लिइएको छ ।
आयोगको टोलीले यसअघि कुशवाहाको घरबाट विभिन्न योजनाका कागजात र मोबाइल बरामद गरेको थियो । बरामद मोबाइल र कागजात फरेन्सिक ल्याबमा पठाइएको थियो ।
कुशवाहा मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री समेत हुन् ।
अख्तियारले प्राप्त उजुरीका आधारमा सिंहले बिभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिहरुको खातामा जम्मा भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत झिकाई, आफू र आफ्नी श्रीमतीको व्यक्तिगत खातामा दाखिला गराएको आरोप लागेको छ ।
सचिव कायस्थकै खातामा पनि सरकारी रकम जम्मा गराइएको विवरण उजुरीमा उल्लेख गरिएको छ । उजुरीको आधारमा सिंहलाई काठमाडौं महानगरपालिका वडा नं. १०, रत्नराज्य स्कूल नजिकबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।

बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया