युट्युब लाइसेन्स नै नभएका फरार पाठकको अबैध गतिविधि, पक्राउ गर्न के हेरेर बसेको प्रहरी ?

काठमाडौं । टेलिभिजनमा सम्पादक भइसकेको पत्रकार दिलभुषण पाठकले युट्युब सञ्चालन गर्न राज्यसँग अनुमति नै नलिएर व्यक्ति चरित्रहत्यामा लागेपछि फन्दामा परेका छन् ।
कुनै समय कान्तिपुर टेलिभिजनको सम्पादक भइसकेको पत्रकारले मिडिया सञ्चालन गर्न राज्यको निकायबाट पूर्वअनुमति लिनुपर्छ भन्ने पनि जानकार हुँदैन र ? पत्रकार पाठकले राज्यप्रति हेपाह प्रवृत्ति देखाउँदै प्रधानमन्त्री, मन्त्री, नेता, कर्मचारीहरूको चरित्रहत्यामा मिशन बनाएर लागेका हुन् । कि कसैको सञ्चारमाध्यममा काम गरेर समाचार लेख्नुपर्छ । होइन भने आफूले लगानी गरेर सञ्चारमाध्यम सञ्चालन गर्नुपर्छ ।
उनले दर्ता नै नभएको युट्युबबाट जयबीरसिंह देउवा र परिवारका सदस्यहरूको नाम जोडेर कपोकल्पित र भ्रामक समाचार बनाएर प्रतिशोधपूर्ण कार्य गर्नु साइबर अपराध हो । जयबीर देउवा यो मुलुकको साधारण नागरिक हुन् । उनले पनि न्याय पाउनुपर्छ । सधैं लोप्रोफाइलमा बस्न रुचाउन र विवादमा पर्न सकिन्छ भनेर कहिल्यै पनि सर्वाजनिक कार्यक्रममा देखिदैनन् । सार्वजनिक कार्यक्रममा सहभागी हुनेवित्तिकै जनसम्पर्क बढ्छ । जनसम्पर्क बढ्नु भनेको विवाद आउनु हो । सोही कारण जयबीरले सधैँ आफूलाई जनसम्पर्कबाट टाढा राखेका छन् ।
विदेशीको हण्डी खाएर युट्युब दर्ता वा लाइसेन्स नै नलिएर नेपालीहरूको हुर्मत लिने पाठकले जयबीर देउवा र उनको परिवारको चरित्रहत्या गरेर ठूलो क्षति पुर्याएका छन् । पाठकविरुद्ध उजुरी परेपछि साइबर व्यूरोले प्रेस काउन्सिल नेपालसँग पनि युट्युबका विषयमा लिखित जानकारी माग गरेरै पक्राउ पुर्जीसहितका कानूनी प्रक्रिया अगाडि बढाएको छ । बरु प्रहरीले फरार पाठकलाई किन पक्राउ गर्न सकिरहेको छैन ? प्रश्न उठेको छ । पाठकलाई तत्काल पक्राउ गरेर प्रहरीले कानूनअनुसार कारबाही गर्नुपर्छ । होइन भने दवाव र प्रभावको भरमा पाठक जस्ता व्यक्तिहरूको मनोबल उच्च भएर जानेछ ।
पाठकले पत्रकार पाठकसँग मिडिया लाइसेन्स छैन, त्यसैले उनका गतिविधि अवैध छन् । पाठक नेपाल पत्रकार महासंघको सदस्य होलान् । तर, एउटा पत्रकारले निभाउनुपर्ने दायित्व पालना गरेका छैनन् । पत्रकार महासंघ र सञ्चार सम्बद्ध संघ÷संस्थाले पाठकको सामग्रीहरू र गतिविधिका विषयमा गम्भीर भएर बुझेर मात्रै प्रतिक्रिया दिनु उपयुक्त हुन्छ ।
पत्रकार पाठकले राज्यको निकायमा दर्ता भएको सञ्चारमाध्यम वा युट्युबबाट आफ्ना सत्यतथ्य समाचार सामग्रीहरू प्रकाशित गरेको भए पत्रकार सम्बध संघ/संस्थाले बोलेको सहि हुने थियो । दर्ता नै नगरेर युट्युबबाट व्यक्तिको चरित्रहत्या गर्ने हो भने भने भोलिका दिनमा पत्रकार हुँ भन्ने दर्ता नै नभएका सञ्चारमाध्यमबाट चरित्रहत्या गर्ने कार्य झन् बढ्नेछ । दण्डहीनता बढ्नेछ ।
पाठक जस्ता अवैध पत्रकारले सोसल मिडिया च्यानलमा भिडियो बनाएपछि र त्यसविरुद्ध उजुरी परेपछि उनलाई साइवर अपराध मुद्दा लाग्छ नै । त्यो बिलकुल जायज छ ।
भोलि दोषी सावित नभए पाठक सफाई पाउनेछन् । तर, अहिले पाठकको गिरफ्तारी हुनु जरुरी छ । पाठक स्वयं प्रहरी समक्ष हाजिर हुन जरुरी छ ।
यसमा वाक तथा प्रेस स्वतन्त्रताको रोइलो रुनु फगत कुरा हो । अभिव्यक्ति भनेको विचार हो, समाचार होइन । पाठकले विचार व्यक्त गरेका छैनन् भिडियो समाचार बनाएका छन् ।
बिना लाइसेन्स कुनै गाडी चलाएपछि त्यो गाडीबाट ठक्कर लागेर कसैको मृत्यु भएमा सिधै कर्तव्य ज्यान मुद्दा लाग्छ । त्यहीँ लाइसेन्स छभने सवारी दुर्घटना सम्बन्धि कसूरमा मुद्दा लाग्छ । ठीक त्यस्तै, कुनै पत्रकारले बिना दर्ता रहेका मिडियामा कसैको बारेमा गलत समाचार सहितको भिडियो प्रशारण गरेमा सम्बन्धित उजुरीमा प्रहरीद्वारा साइबर अपराध सम्बन्धि मुद्दा चलाइन्छ ।
त्यहीँ भिडियो प्रशारण भएको च्यानल मिडियाको रूपमा दर्ता रहेमा प्रेस काउन्सिलमा पत्रकार आचारसंहिता सम्बन्धि छानबिन हुन्छ । दर्ता नभएको स्वास्थ्यकर्मी, चिकित्सक, दर्ता नभएको अस्पतालको जिम्मा कुनै काउन्सिलले लिदैन । त्यसैले दर्ता नभएको मिडिया, प्रेसको जिम्मा पनि प्रेस काउन्सिल नेपालले लिदैन ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया