सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा खेपिरहेका छन् दिलभूषण पाठक

काठमाडौं । धेरैजसो अन्तर्राष्ट्रिय कन्सल्टेन्ट भइ काम गर्ने र नेपालमा पत्रकारिता गर्दै आएका पत्रकार दिलभूषण पाठकले सम्पत्ति शुद्धिकरणमा पनि मुद्धा खेपिरहेको तथ्य खुलेको छ ।

उनका विरुद्ध केही महिनाअघि मुद्दा परेपछि उनी अकुल सम्पत्ति कमाएको अभियोगमा अनुसन्धानमा तानिएको तथ्य हालैमात्र बाहिर आएको हो । सो उजुरीमा अनुसन्धान भइरहेको सम्पत्ति शुद्धिकरण विभागका एकजना कर्मचारीले जानकरी दिए ।

वरिष्ठ पत्रकार भनिने गरे पनि उनले धेरै जसो विदेशी आइएनजिओका लागि सूचना बेचेर राम्रै आम्दानी गरेको बताइन्छ । उनका आफन्तहरु पनि केही बर्ष यता उनको हाइफाइ र कमाई देखेर जिब्रो टोक्ने गरेका उनीसँगै पछिल्लो समय कान्तिपुर टिभीमा काम गरेका एकजना सहकर्मीले बताए ।

त्यसो त उनको नाम अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि बाहिरिएको युएसएडको रकम लिने विदेशीहरुको लिष्ट पनि रहेको थियो । उनको नाम लिष्टमा मात्र होइन कि नेपालबाट सो रकम लिनेमा एक नम्बरमै छ ।

युएसएडबाट नेपालका पत्रकार, कलाकार, स्वघोषित सामाजिक अभियन्ता, हास्य कलाकार आदिले रकम लिएको मिडियामा सार्वजनिक नै भएको थियो । त्यसमा पाठकको नाम एक नम्बरमै छ ।

त्योभन्दा पनि अर्काे यिनको ठूलो काण्ड जर्ज सोरस फाउन्डेसनको हो । विश्वव्यापी नेटवर्क रहेको यो फाउन्डेसनबाट लाभ लिनेमा नेपालमा पनि धेरै व्यक्ति र संघसंस्था छन् । र, त्यसमा पनि सबैभन्दा बढी रकम बुझ्ने पाठक हुन् ।

पाठकले एकजना आफन्त प्रजापति प्रसाईंका नाममा पीपी फाउन्डेसन स्थापना गरेर यसैमार्फत् विदेशी डोनेसन लिने गरेका छन् । सो फाउन्डेसनले प्रत्येक बर्ष नेपालका शिक्षकहरूलाई सम्मान गर्ने भनेर झण्डै करोडको हाराहारीमा डोनेसन लिने र त्यसको अपचलन गर्ने गरेका छन् ।

यसमार्फत नेपालमा बर्षेनि पाँच सय शिक्षकलाई सम्मान गरेको भनेर बिल पेश गर्ने तर, यहाँ उनले केही शिक्षकलाई मात्र सो सम्मान प्रदान गर्ने गरेको भन्दै सोही संस्थामा कार्यरत एकजना कर्मचारीले सम्पत्ति शुद्धिकरणमा मुद्धा हालेका बताइएको छ ।

केही बर्षअघि मात्र कान्तिपुरमा रिपोर्टर रहेका पाठकको अथाह सम्पत्तिका बारेमा उनी काम गर्न जाने विभिन्न मिडियामा पनि चर्चा हुने गरेको एक पत्रकार बताउँछन् ।

सम्पत्ति शुद्धिकरण निकायका एक कर्मचारी भन्छन्‐ यो अनुसन्धानकै विषय भएकाले अहिले नै सबैकुरा भन्न मिल्दैन । पाठकका विरुद्धको उजुरी परेको छ, सोही बमोजिम अनुसन्धान सुरु भएको छ । केही नयाँ तथ्य भेटेपछि हामीले जानकारी गराउने नै छौँ ।

Published : Wednesday, 2025 June 11, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया