दर्ता नै नगरी युट्युबमार्फत् अफवाह फैलाउने पत्रकार पाठकलाई साइबर कानूनमा कारबाही हुँदै

काठमाडौं । पहिला विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार दिलभूषण पाठक अहिले कुनै मिडियामा छैनन् । उनले टफ टक नामक युट्युबमार्फत भिडियो बनाउने र त्यही प्रसारण गर्ने गर्दछन् । यसरी नै उनले सधैँ कसै न कसैलाई गाली गलौज गर्ने र दोषारोपण गरेर आफ्नो भ्युअर बढाउने काम गर्दै आएका छन् ।
तर यसरी बनाउने भिडियोको पछिल्लो श्रृंखलाले भने उनलाई विवादमा तानेको छ । उनले हिल्टन होटल र त्यतिमात्र नभएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवासँग जोडेर बनाएको भिडियोले उनलाई समस्यामा पारेको हो ।
सो भिडियामा उनले समाचार दिएको भनिए पनि त्यसमा सबै अफवाह मात्र रहेको छ, जुन उनले भिडियो बनाउँदा कुनै ख्याल गरेका छैनन् ।
पत्रकारिताका कन्टेन्टमा तबमात्र विश्वसनीयता हुन्छ जब त्यो समाचारलाई पुष्टि गर्ने स्रोत हुन्छ । तर उनले प्रसारण गरेको भिडियोमा कुनै स्रोत छैन र उनले आफैँले देखेजस्तो गरेर ठाडै भिडियो सम्प्रेषण गरेका छन् ।
उनले हिल्टन होटल जयवीरले किनेको भनेका छन् । यो विषय कतै समाचार आएको विषय होइन र केही व्यक्तिले फेसबुकमा लेखेका हुन् । त्यस कुरालाई होटलले नै विज्ञप्ति निकालेर सो होटलले अहिलेसम्म कसैलाई पनि सेयर बिक्री नगरेको भनेर स्पष्ट गरिसकेको छ । फेसबुकमै आएका कारणले त्यसको खण्डन गर्नुपर्ने त थिएन तर होटलले आफ्नो कम्पनीमाथि वित्तीय अफवाह फौलाउने काम भएको भनेर विज्ञप्ति मार्फत् स्पष्ट गरि नै सकेको थियो । तर यता पाठकले भने सोही विषयलाई पटक पटक जोड दिएर प्रचार गरिरहेका छन् ।
अर्कातर्फ उनले जयवीरसँग रिस नै पोख्ने शैलीमा दुई बर्ष अघिको बजेटमा रातारात करका दर फेर्न दबाब दिएको भनेर आरोप लगाएका छन् जुन कुरा न कहिल्यै समाचारमा आएको थियो र नत जयवीर यस्तो काममा संलग्न भएको प्रमाण त्यतिबेलै गठन भएको छानबिन समितिले नै कतै इंगित सम्म गरेको छ । उनको यो आरोपमा पनि कुनै स्रोत छैन ।
उनले दुबईमा जयवीरको रियल स्टेट बिजनेस भएको बताएका छन् र त्यो सूचना उनले जयवीरले नजिकबाट चिन्नेहरुको हवाला दिएका छन् । न उनले त्यो व्यक्ति को हो भनेर नाम उल्लेख गरेका छन् र नत दुबइको रियल स्टेट कुन हो भन्न सकेका छन् ।
यदि त्यहाँ कुनै रियल स्टेट छ भने त्यो कुन हो भनेर नाम दिन नसक्दा यो सूचना पनि सत्य हुने कुरा भएन । केही समयअघि दुर्गा प्रसाईंले केपी ओलीको कम्बोडियामा अरबौँको लगानी छ भनेर हावादारी समाचार बनाएजस्तै छ ।
उनले त्यो रियल स्टेट बिजनेस अष्ट्रेलिया र क्यानाडासम्म पनि चलेको बताएका छन् । त्यसमा उनले नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ र अर्का एक सदस्य दीपक भट्टलाई पनि मुछेका छन् । यति गम्भीर व्यवसायमा कुनै व्यक्तिलाई मुछेर भिडियो बनाउँदा पनि उनले स्रोतका रुपमा ‘बताइन्छ’ भन्ने जस्तो गैरजिम्मेवार शब्द प्रयोग गरेका छन् ।
तर होटल सञ्चालक शंकर ग्रुपले भने होटलको सेयर कसैलाई पनि बिक्री नगरिएको स्पष्टसँग विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
पत्रकारिता कि साइबर अपराध ?
यस भिडियोले आफ्नो मानमर्दन गरेको, आफूँ कहीँ कतै संलग्न नै नभएका विजनेस व्यवसायमा आफूलाई जबर्जस्ती मुछिएको एवं करका दर फेरबदल जस्तो गम्भीर अपराधमा आफ्नो नाम जोडेको भन्दै जयवीरले जेठ १३ गते नै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएको नेपाल प्रहरी बताउँछ ।
त्यसपछि साइबर ब्युरोले पत्रकार पाठकले सञ्चालन गर्दै आएको ‘टफ टक’ नामक युट्युबको विश्वसनीयताको बारेमा दुई हप्ता लगाएर अनुसन्धान गरेको र उनको त्यो युट्युब च्यानल कतै पनि दर्ता नभएको पाइए पछि उनलाई साइबर ब्युरोमा नै मुद्दा लाग्ने गरी पक्राउका लागि अदालतसमक्ष पूर्जी माग गरेको साइबर ब्युरोका एक प्रहरी अधिकारीले बताए ।
उनले भने “यो कुनै पनि सञ्चारमाध्यम भएको भए प्रेस काउन्सिल मार्फत् अघि बढ्न हामीले सुझाव दिने थियौँ । पाठकको यो कन्टेन्ट प्रसारण गर्ने पोर्टल सामाजिक सञ्जाल जस्तै हो, यो मिडियाका रुपमा कतै दर्ता भएको पाइएको छैन । त्यसैले विद्युतीय कारोबार ऐन २०६३ को साइबर कानुन बमोजिम नै उनलाई कारबाही हुनसक्छ ।”
उनलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि पत्रकारहरुका विभिन्न संघसंस्थाहरुले विरोध गरेर विज्ञप्ति प्रकाशन त गरेका छन् । तर पनि उनीहरुले सो विज्ञप्तिमा पत्रकारितालाई जिम्मेबार र विश्वसनीय बनाउन पनि भनेका छन् । त्यसैले यो कन्टेन्ट गैरजिम्मेबार रहेको भन्ने पुष्टि हुन आउँछ ।
कुनै सञ्चारमाध्यम हो भने त्यसको समाचारप्रति असहमति जनाएर प्रेस काउन्सिलमा गई खण्डन गर्न लगाउने र त्यसो गर्दा पनि नभएर उक्त मिडिया हाउसलाई नै कारबाही गर्ने प्रावधान रहेको छ ।
तर पनि उनले विना कुनै दर्ता भिडियो बनाउँदै विभिन्न व्यक्तिहरुका विरुद्धमा अफवाह फौलाउने गरेको स्पष्ट रुपमा उनको सो च्यानलमा देखिन्छ । केही समय यताका उनका कन्टेन्ट हेर्ने हो भने कसैका बारमा कुनै पनि पोजेटिभ कन्टेन्ट नभएर विरोध र कसैप्रति बदनाम गर्ने नियतले मात्र गरेको देखिन्छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया