एमालेका बहालवाला सांसदविरुद्द झण्डै सात कराेडकाे भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मंगलबार अख्तियारले ठाकुरसहितलाई प्रतिवादी बनाएर आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठाकुरसहित १७ जनाविरुद्ध सजाय माग दाबी गरिएको छ । ठाकुर धनुषा ३(२) बाट निर्वाचित एमालेका सांसद हुन् ।मधेश प्रदेशसभामा ठाकुर एमाले संसदीय दलका उपनेता हुन् ।
डि.एण्ड एन. बिल्डर्सप्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका ठाकुरले धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । उनीविरुद्ध ६ करोड ७९ लाख १२ हजार ३८३ रुपियाँ बिगो कायम गरी कैद तथा जरिजानाको जरिवानाको माग गरिएको छ ।
ठाकुरसहित गाउँपालिका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, तत्कालीन उपाध्यक्ष मीरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडा नम्बर १ का अध्यक्ष आशेश्वर यादव, वडा २ का अध्यक्ष अमितकुमार यादव, वडा ३ का अध्यक्ष गंगाप्रसाद यादव, वडा ४ का अध्यक्ष शिवनाथ साह, वडा ५ का परमेश्चरकुमार साह, वडा ६ का अध्यक्ष दिलीकुमार साह, पालिकाका तत्कालीन इन्जिनियर सोनु साह, सवइन्जिनियर विनितकुमार साह, खरिदार मोहनकुमार मण्डल र मनोजकुमार यादव, लुम्बिनी/डि एन्ड एन जेभीका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध जनही ६ करोड ७९ लाख १२ हजार ३८३ रुपियाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया