युवाहरू विदेश पलाएन हुने अवस्थालाई रोक्न स्वदेशमा अवसरको सिर्जना गर्नुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवादेशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइसराइ गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सबै भूभागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका हुन् ।
सभापति देउवाले जलवायु परिवर्तनका असर सबै भन्दा बढी नेपालमा पर्ने देखिएकोले त्यसको असर न्यूनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए ।
देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।सभापति देउवाले युवाहरू विदेश पलाएन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया