को गृहमन्त्री हुँदा कति भारतीय नागरिक त्रिभुवन विमानस्थल हुदै तेस्रो मुलुक बाहिरिए ?

काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट विगत लामो समयदेखि भारतीय नागरिकहरु तेस्रो मुलुक जाने गरेको तथ्य खुलासा भएको छ ।
पछिल्लो समय भिजिट भिसा प्रकरणबारे चर्चा चुलिएका बेला केही सञ्चार माध्यमले वर्तमान गृह नेतृत्वलाई नै उक्त प्रकरणमा विना आधार जोडेर भ्रामक समाचारहरु प्रकाशित गरिरहेको भएपनि अध्यागमनबाट विगतका गृहमन्त्रीको कार्यकालबाट समेत भारतीय नागरिक तेस्रो मुलुकको यात्रामा त्रिभुवन विमानस्थलबाट पलायन हुने गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।
अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई पटक छोटो अवधीका लागि गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ८ हजार २७९ जना भारतीय नागरिक तेस्रो मुलुक गएको खुलेको छ ।
पहिलो पटक रवि गृहमन्त्री भएका बेला चार महिनाको अवधीमा ७ हजार ४० जना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्याङ्कले देखाएको छ । रविको पहिलो कार्यकालमा दैनिक औसतमा ५८ जना भारतीय नागरिक विमानस्थलबाट तेस्रो मुलुक जाने गरेको अध्यागमन स्रोतले जनाएको छ ।
त्यसपछि अझ छोटो अवधिका लागि उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारीमा रहेका रविको पालामा दैनिक औसतमा ३८ जना भारतीय नागरिकलाई विमानस्थलबाट तेस्रो मुलुक पठाइएको देखिन्छ । रविको दोस्रो कार्यकालको एक महिना २ दिनको अवधीमा १२ सय ३९ जना भारतीयहरु तेस्रो मुलुक गएको देखिन्छ । स्रोतका अनुसार रविको पालामा सबैभन्दा बढी भारतीयहरु नो अब्जेक्सन लेटर (एनओसी) विना नै तेस्रो मुलुक गएका थिए ।
सहकारी प्रकरणमा रवि कारागार चलान भएको विषयको प्रतिशोध साध्दै अहिले रास्वपा नै संसद अवरुद्ध गर्दैछ ।
तेस्रो मुलुकमा जाने भारतीयहरु कतार, कुवेत, दुवई, हङकङ, मलेसिया, चीन, थाइल्याड र श्रीलंका लगायतका मुलुकमा जाने गरेको पाइएको अध्यागमन विभाग स्रोतबाट प्राप्त तथ्याङ्कले देखाएको छ ।
भारतीय दुतावास र अध्यागमन विभाग स्रोतका अनुसार कुनैपनि भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमण गर्न जादा भारतीय दुतावासबाट जारी नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने भन्ने कुनै अनुरोध नगरिएको समेत पाइएको छ । तर विमानस्थलबाट भारतीय दुतावासका कर्मचारीलाई सोधेर तेस्रो मुलुकको अनुमति दिने प्रचलन विगत देखि नै रहेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।
अहिलेको परिवेशमा मात्रै भारतीय नागरिकहरु यहाँबाट तेस्रो मुलुक गएको भन्ने भाष्य तयार गर्न केही समुह नै सक्रिय भएर लागेपनि उनीहरु विगतदेखि नै यहाँबाट जाने गरेको फेरिस्त लामो छ ।
त्यसैगरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्रीको जिम्मेवारीमा रहँदा भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हजारौैंको संख्यामा तेस्रो मुलुक गएको तथ्य बाहिरिएको छ ।
श्रेष्ठ गृहमन्त्री हुँदाको बखत १ बर्ष ३ दिनको अवधिमा १४ हजार ७४ जना भारतीयले तेस्रो मुलुक जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरेको देखिन्छ । तत्कालीन गृहमन्त्री श्रेष्ठको पालामा दैनिक औसत ३८ जना भारतीय विदेशिएको स्रोतको भनाई छ ।
श्रेष्ठको पालामा भारतीय नागरिकहरु चीन, थाइल्याण्ड, मलेसिया, दुवई र श्रीलंका लगायतका मुलुकमा बढी गएको देखिन्छ ।
त्यस्तै यो बिचको समयमा रामबहादुर थापा (बादल)को गृह मन्त्रालयको नेतृत्वको समयावधी अरु भन्दा बढी रह्यो । थापा गृहमन्त्री हुँदा ३ बर्ष ४ महिना १६ दिनको अवधिमा १५ हजार ३२ जना अन्तरराष्ट्रिय विमानस्थलबाट भारतीय नागरिकहरु तेस्रो मुुलुक गएको अध्यागमन स्रोतले जनाएको छ । तत्कालिन गृहमन्त्री थापाको पालामा दैनिक औसतमा १२ जना भारतीयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको तथ्य खुलेको छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्दा बढी समय गृह नेतृत्वको जिम्मेवारी सम्हालेका थापाको भन्दा कम अवधीमा बढी संख्यामा भारतीय नागरिक तत्कालिन गृहमन्त्री श्रेष्ठको पालामा नेपालबाट तेस्रो मुलुक गएको तथ्याङ्कबाट प्रष्ट देखिएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सबैभन्दा बढी भारतीय नागरिक तेस्रो मुलुक गएको देखिएको तथ्याङ्कले देखाएको छ ।
खाण गृहमन्त्री हुँदा १ बर्ष ५ महिना १३ दिनको अवधीमा २४ हजार ६२१ जना भारतीय नागरिक त्रिभुवन विमानस्थल हुदै तेस्रो मुलुक बाहिरिएको अध्यागमनको तथ्याङ्कले देखाएको छ । खाणको पालामा दैनिक औसतमा ४७ जना भारतीय नागरिकले विमानस्थलबाट तेस्रो मुलुक गएको देखिन्छ ।
त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही समय गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला पनि ८२ जना भारतीय नागरिक तेस्रो मुलुक गएको देखिएको छ ।
तीन महिना प्रचण्डले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । प्रचण्डको पालामा दैनिक करिब औसतमा १ जना भारतीय नागरिक यहाँबाट तेस्रो मुलुक पलायन भएको देखिएको छ । उनलेका पालामा भारतीय नागरिकहरु त्रिभुवन विमानस्थलबाट भुटान र दुवई बढी संख्यामा गएको अध्यागमन स्रोतको तथ्याङ्कले देखाएको छ ।
स्रोतका अनुसार यसरी नेपाली रुट (विमानस्थल) हुदै तेस्रो मुलुक जाने गरेको भारतीय नागरिकहरु लामो समयदेखि आवात÷जावत गर्ने गरेका छन् ।
“तथ्याङ्कमा देखिएका भारतीय नागरिकहरु यहाँबाट तेस्रो मुलुक मात्र जान्छन् भन्ने होइन ।” अध्यागमन विभागको उच्च स्रोतले भन्यो–“ अधिकांश भारतीय नागरिकहरु यहीँबाट आवत÷जावत गर्ने गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ ।”
पछिल्लो समय भिजिट भिषाबाट विदेशिने क्रमको विषयमा राजनीतिक वृत्तमा चर्चा परिचर्चाले प्राथमिकतामा पाएको छ । केही समयअघि गृहमन्त्री रमेश लेखककै पालामा मात्रै भिजिट भिषा प्रकरण भएको भन्दै उनलाई दोषी करार गरी राजनीतिक प्रतिशोध साध्ने प्रयास भएको थियो । तर तथ्य ÷प्रमाणले विगत लामो समयदेखि भिजिट भिषामा जाने गरेको तथ्याङ्क सहित सार्वजनिक हुँदै गएपछि प्रतिसोधको योजना तुहिएको छ । अहिले २०६४ सालयताकै पालादेखिको भिजिट भिषाको प्रकरणबारे अनुसन्धान गर्नुपर्ने विषयमा बहस चलिरहेको छ ।
“ विकसित घटनाक्रम हेर्दा भिजिट भिसा र भारतीय नागरिकले त्रिभुवन विमानस्थल हुदै तेस्रो मुलुक आउजाउ गर्न थालेको दशकौंदेखिको निरन्तरता हो ।” अध्यागमन विभाग स्रोतले भन्यो–“ तर नियोजित रुपमा अहिलेको सरकारलाई बदनाम गराउने नियतले प्रचारबाजी र नकरात्मक धारणाको विकास गर्ने विषय बनाइयो, सचेत हुन जरुरी छ ।”
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया