भिजिट भिसा प्रकरण चर्किएका बेला गृहसचिव दवाडीसँग स्पष्टीकरण माग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकर चर्किएका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गृह सचिव गोकर्णमणी दुवाडीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

सचिव दवाडीले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै सात दिने स्पष्टीकरण सोधिएको हो । सचिव दुवाडी हाल विदेशमा रहेका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई लेखेको पत्रमा दरबन्दी बढी कर्मचारी खटाउनको कारण माग गर्दै त्यसको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।

गृह मन्त्रालय अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको छ ।

विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी खटिएका कर्मचारीलाई केही दिन अघि फिर्ता गरिएको थियो । भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह सचिव दुवाडीका विश्वास पात्र मानिएका सहसचिव तीर्थ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा तानेपछि विमानस्थल स्थित अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको पाइएको थियो ।

Published : Monday, 2025 June 9, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया