कांग्रेस नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको सालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घघाटन गर्दै सभापति देउवाले नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताए ।

राधेश्याम जोन्छे जुझारु नेताको रूपमा परिचित रहेको उनले स्मरण गरे । उनले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको बताए ।

कांग्रेस नेता विमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने बताए । उनले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरेका छन् । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनले बताए ।

Published : Sunday, 2025 June 8, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया