गणेशमान सिंह स्मृति भवन निर्माण गर्न ३ करोड विनियोजन, सभापति देउवाप्रति आभार प्रकट

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष समेत रहेका गणेशमान सिंह स्मृति भवन निर्माणका अध्यक्ष विद्वान गुरुङले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’का लागि सरकारले ३ करोड विनियोजना गरेको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विशेष पहलमा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले ३ करोड विनियोजन गरिदिएको गुरुङले बताएका छन् ।
अध्यक्ष गुरुङले शनिबार धन्यवाद पत्र लेखेर भनेका छन्, ‘काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित रवि भवनमा भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा नेपाल सरकार शहरी विकास मन्त्रालयबाट यस अािर्थक वर्षमा बहुवर्षिय योजनाअन्तर्गत तीन करोड रुपियाँ विनियोजना भएको जानकारी गराउँदछौँ ।’
‘भवन निर्माणको लागि बजेट विनियोजन गर्न विशेष पहल गरिदिनु हुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ,’ गुरुङले भने ।
‘विभागीय मन्त्रालय अन्तर्गत नेपाल सरकार उपप्रधान एवम् शहरी विकासमन्त्री आदरणीय प्रकाशमान सिंहज्यूप्रति भवन निर्माणर्थ बजेट समावेश गरिदिनुभएकोमा आभार प्रकट गर्दछौं,’ गुरुङले भनेका छन् ।
गुरुङले बजेट विनियोजन गर्न भूमिका खेल्नेहरूप्रति आभार प्रकट गरेका छन् ।

बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया