पीके कलेजमा छात्रावास भर्नामा अनियमितताको विरोध गर्दा कौशिलाको चरित्रहत्या, विद्यार्थीको न्यायका पक्षमा निरन्तर लाग्ने

काठमाडौं । पदमकन्या बहुमुखी क्याम्पस, बागबजार काठमाडौंमा छात्रावास भर्ना छनौट प्रक्रिया विधान बमोजिम नभएपछि विरोध गर्ने क्रममा केही तत्वले ग्रामीण विकास विभाग राजनीतिक शास्त्र संकाएकी नियमित विद्यार्थी कौशिला भट्टविरुद्ध लाञ्छनायुक्त आरोप लगाएका छन् ।
भट्ट भागेश्वर गाउँपालिकाको पूर्वअध्यक्ष पनि हुन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र क्याम्पस प्रशासनबाट छात्रावास भर्नाको अन्तर्वार्ताका क्रममा विधि र विधान विपरित नतिजा प्रकाशन गरेपछि भट्टले आपत्ति जनाएकी थिइन् । भट्टले जोहेन्दार, दलित, दुर्गम, फरक क्षमता भएका विद्यार्थीलाई अन्तर्वार्ता लिएर छात्रावासमा भर्ना गरिनुपर्ने अडान लिएकी थिइन् । भट्टले अडान लिएर विद्यार्थीको हकहितको पक्षमा आवाज उठाएपछि स्ववियु र क्याम्पस प्रशासनलाई मन परेको थिए । त्यसपछि भट्टविरुद्ध व्यक्तिगत लाञ्छनायुक्त आक्षेपहरू लगाएर मिडियाबाजी भएको थियो ।
व्यक्तिगत चरित्रहत्या हुने गरेर आफूविरुद्ध भएको मिडियाबाजी तथा गतिविधिको भट्टले विरोध जनाएकी छिन् । उनले पदमकन्या बहुमुखी क्याम्पस विद्यार्थीको हकहितका लागि आफूले निरन्तर आवाज उठाउने र कुनै पनि बाधाअड्चनको सामना गर्ने चेतावनी दिएकी छिन् ।
अन्तर्वार्ताबाट छात्रवास भर्नाको लागि सिफारिस भएका छात्राको नामावली प्रकाशनमा छात्रावास भर्ना विधान बमोजिम नरहेपछि भट्टले जबरजस्त रुपमा विद्यार्थीको न्यायका लागि आवाज उठाएकी थिइन् । भट्टले दलित, अपाङ्ग, जेहनदार एवम् दूरदराजका गरिव, मधेशी तथा जनजाति समूहका छात्रालाई जानीजानी स्ववियु र क्याम्पस प्रशासनले पूर्वाग्रह राखेर सूची प्रकाशित गरेको थियो । भेदभावपूर्ण गरेर प्रकाशित सूची सच्याउनका भट्टले अभिभावकी भूमिका निर्वाह गरेकी थिइन् ।
छात्रावास भर्नामा अन्यायमा परेका विद्यार्थीका लागि क्याम्पस प्रशासनलाई आग्रह गरेर फर्कने क्रममा क्याम्पस प्रशासनबाट परिचालित परिचालित व्यक्तिहरूले विषयलाई विषयान्तर गरी चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण गरेको भट्टले बताएकी छिन् ।
न्यून शुल्कमा अध्ययन गर्ने शंकायमा बीएबाट ११ जना छात्रा, बीबीएसबाट ११ जना छात्रा, स्नातकोत्तरबाट ८ जना, बीएससीबाट ७ जना र स्वनिर्भर कार्यक्रममा विधान विपरित नतिजा प्रकाशन भएको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया