मधेशमा कांग्रेस नेतृत्वमा सरकार बन्छ, आलोपालो बनाउने कुरा हो : सभापति देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस मधेश प्रदेशको पार्टी कार्यालय, जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिने बताएका छन् ।
‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ,’ देउवाले भने, ‘कांग्रेस नेतृत्वमा सरकार बन्छ ।’
सभापति देउवासँगै पार्टी कार्यालयमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादव, चन्दा चौधरीलगायतको उपस्थिति थियो ।
Published : Friday, 2025 June 6, 1:10 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया