संसद अब त खुल्नुपर्ने हो, गृहमन्त्रीले राजीनामा दिनुपर्ने कारण छैन : सभापति देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

बिहीबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै देउवाले संसदको अवरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । सभापति देउवाले भने, ‘अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’

कतिपय विषयमा असहमति हुनसक्ने तर, त्यसकै आधारमा राजीनामा मागिहाल्नुपर्ने अवस्था नरहेको सभापति देउवाले बताएका छन् ।

उनले वर्तमान सत्ता गठबन्धन, सुदृढ रहेको र सहज रूपमा अघि बढिरहेको बताएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकाल २०८४ सालसम्मै पूरा गर्ने उनले बताएका छन् ।

सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताए । उनले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताए ।

उनले भने, ‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरूलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ ।’

Published : Thursday, 2025 June 5, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया