संसद अबरोध गरी तलब, भत्ता पकाएर विपक्षी दलका सांसद घरतिर हिँडे, गृहमन्त्रीलाई बोल्न दिएनन्

काठमाडौं । भिजिट भिसा लगायत सामसामयिक कुरामा उठेका विषयको जवाफ दिन गृहमन्त्री रमेश लेखकले समय माग गरे पनि विपक्षी दलहरूले अबरोध गरेर बोल्न दिएनन् ।
बिहीबार ढिला गरेर बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले समसामयिक विषयमा सवाल उठेको हुँदा जवाफ दिन गृहमन्त्री लेखकले समय माग गरेको भन्दै समय दिन खोजेका थिए । संसद बैठक शुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरू उठेर संसद अबरोध गरेर गृहमन्त्री लेखकलाई बोल्न दिएनन् ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद अबरोध गरेका छन् ।
जेठ २० गतेदेखि विपक्षी दलहरूले संसदको बैठक निरन्तर अबरोध गर्दै आएका छन् । गृहमन्त्री लेखकले आफूले बोल्न पाउँ भनेर निरन्तर संसदमा आएर बस्ने गरेका छन् । तर, संसदीय पद्धति, मर्यादा र विधिलाई उल्लंघन गरेर विपक्षी दलहरूले संसद अबरोध गर्दै आएका छन् । उनीहरूले ३ वटा बैठक लगातार अबरुद्ध बनाइसकेका छन् ।
संसद अबरुद्ध गरेर हाजिर लगाएर विपक्षी दलहरू घरतिर हिँडेका छन् । संसदमा आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथिको छलफल हुने कार्यक्रम थियो । बजेटको छलफललाई अबरोध गरेर हाजिर गरेर तलब, भत्ता पकाएर विपक्षी दलहरू घरतिर हिँड्ने गरेका छन् ।
संसदको बैठक अबरोध गर्दै सरकारी तलब, भत्ता पकाएर विपक्षी दलहरू दैनिक सरह हिँड्न थालेपछि उनीहरूको नैतिकतामाथि प्रश्न उठेको छ ।
विगतमा सहकारी ठगका अभियुक्त रास्वपाका सभापति रवि लामिछानेमाथि प्रश्न उठाएको झोँकमा रास्वपाका संसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरेर बदला लिन खोजेका छन् ।
माओवादी र राप्रपाले पनि गृहमन्त्री लेखकलाई राजीनामा गर्न लगाएर सरकार ढाल्न सकिन्छ कि भनेर प्रयास गरेका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया