हिंसात्मक प्रदर्शनमा संलग्न दुई ठूला राजावादीहरू सम्पर्कबिहीन, जमानी बस्ने वकिललाई तनाब

काठमाडौं । राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर जबरा सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले मिश्र र जबरालाई हाजिर जमानीमा छाडेको थियो । उनीहरू सम्पर्कविहीन भएपछि हाजिरी जमानी बसेका वकिललाई जरिवाना भएको छ । हाजिरी जमानी बसेका दुई जना वकिलहरूलाई प्रहरीले २५÷२५ हजार जरिवाना लगाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) विश्व अधिकारीले वकिलहरूलाई २५÷२५ हजार जरिवाना गरेको बताएका छन् । हाजिरी जमानी बसेका वकिलहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिताका आधारमा जरिवाना गरिएको एसएसपी अधिकारीले बताएका छन् ।

प्रहरीले दुवै जनामाथि अभियोजन गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । सरकारी वकिल कार्यालयले राजद्रोह, आपराधिक उपद्रव, सङ्गठित अपराधको अभियोग लगाउँदै दुवै जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा पनि दायर गरिसकेको छ ।

मुद्दाबारे अदालतमा प्रहरीको सम्पर्कमा रहेका अभियुक्तको बयान पनि लिइसकेको छ । मिश्र र राणा प्रहरी र वकिलले बोलाउँदा उपस्थित भएका छैनन् ।

Published : Thursday, 2025 June 5, 1:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया