भिजिट भिसाबारे गृहमन्त्रीले संसदमै बोल्ने, राजावादीहरूले अंगरक्षक फिर्ता मागेपछि दिए जवाफ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदको बैठकमा भिजिट भिसा प्रकरणमा उठेका प्रश्न र जिज्ञासाका विषयमा बोल्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले संसदमा जवाफ दिन पाउनुपर्ने माग गरेका छन् । संसदमा बोल्नका लागि वातावरण बनाइदिन विपक्षी दलहरूसँग लेखकले आग्रह गरेका छन् ।
गृहमन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरूको जिज्ञासा नमेटिने भन्दै संसदमा जवाफ दिने बताए ।
गृहमन्त्री लेखकले भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरू, कर्मचारीहरू र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो ।’
‘यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थेँ,’ उनले भने, ‘यो अरु साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’
आफूले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको जिज्ञासा मेटिने गृहमन्त्री लेखकले बताए ।
यसैबीच, गृहमन्त्री लेखकले राजावादी नेताहरूले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् ।
राप्रपाका सांसद बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री लेखकसँग सोधेका थिए । जवाफमा लेखकले राजावादीहरूको आन्दोलन रोकिए नेताहरूको अंगरक्षक पुनः खटाइने बताए ।
‘हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो,’ लेखकले भने, ‘यी घटनाहरू भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’
राप्रपा नेताहरू ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षकलाई गृह मन्त्रालयले फिर्ता बोलाएको थियो ।
उनले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किन नसकिने भन्दै संविधानका आधारभूत व्यवस्था उल्ट्याउने र संविधान नै फाल्ने काममा कोही पनि नलाग्न चेतावनी पनि दिएका छन् ।
‘यो गणतन्त्रबाट पछि फर्किने, संघीयता, लोकतन्त्रबाट पछि फर्किने समावेशिताबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ,’ मन्त्री लेखकले भने, ‘संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौँ । सरकारको धारणा यही हो ।’
‘अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो,’ लेखकले भने, ‘यी घटनाहरू भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया