आठ उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी, २ जना गृहमा आए
काठमाडौं । गृह मन्त्रालयले १० जना उपसचिवहरूको पदस्थपना र सरुवा गरेको छ ।
८ आज उपसचिवहरूको हालै बढुवा भएको थियो । उनीहरूलाई सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । अन्य दुई सहायक प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
उपसचिवद्वय शान्ति महत र भोलानाथ गुरागाईंलाई धनुषामा पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
उपसचिव सरोज कोइरालालाई मोरङ, नरेन्द्र परियारलाई अछाम, किरणनिधि तिवारीलाई रौतहट, झविलाल भट्टराईलाई अर्घाखाँची, उमेशकुमार दाहाललाई इलाम, कुलशेखर अर्याललाई कास्कीको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाकुमार क्षेत्री र सप्तरीका जितेन्द्रकुमार यादवको गृह मन्त्रालयमा सरुवा भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया