ज्ञानेन्द्रको योजना र मतियारहरूले तीनकुनेमा विध्वंश गरेका हुन् : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहको योजना र मतियारहरूले तीनकुने क्षेत्रमा विध्वंश गरेको जनाएको छ ।
माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट थियो ।’
‘हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ’, माओवादीले भनेको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय एवं निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोर भित्र पसेर सामानहरू लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भ्रत्सना एवं निन्दा गर्दछु ।’
माओवादीले भनेको छ, ‘यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न÷गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’
‘यस प्रकारका सबै आपराधिक कार्यलाई कानुनको दायरामा ल्याई विधिको शासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिन्छ’, माओवादीले भनेको छ ।
यसैबीच, माओवादीले चैत्र १५ गते बृहत् जनप्रदर्शन र जनसभामा सक्रिय र उत्साहपूर्ण सहभागिता जनाएको भन्दै सम्पूर्ण गणतन्त्रवादी जनसमुदायमा पार्टीको तर्फबाट आभारसहित धन्यवाद दिएको छ ।
माओवादीले भनेको छ, ‘हिजोको जनसभाले बहुआयामिक सन्देश दिएको छ । तत्कालिक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको छ ।’
‘दीर्घकालीन अर्थमा जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको छ’, माओवादीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया