गृहमन्त्री लेखकद्वारा ज्ञानेन्द्र-दुर्गाको हिंसात्मक आन्दोलनबाट भएको क्षतिको अनुगमन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको हिंसामा क्षति भएका स्थानको अवलोकन गरेका छन् ।
तीनकुने लगायतका स्थानमा ज्ञानेन्द्र शाहका कमाण्डर दुर्गा प्रसाईंको हिंसात्मक आन्दोलनबाट भएको क्षतिको गृहमन्त्री लेखकले शनिबार बिहान स्थलगत अनुमगन गरेका हुन् । उनले तीनकुने लगायतका क्षेत्रको अनुगमन गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू र कथित कमाण्डर दुर्गा प्रसाईंले तीनकुने, बानेश्वर, जडीबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।
गृहमन्त्री लेखकले नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट लगायत क्षति भएका स्थानमा पुगेर जानकारी लिएका छन् ।
ज्ञानेन्द्र शाहका समर्थकहरूको हिंसामा परेर २ जनाको मृत्यु भएको छ । एकजनालाई ज्ञानेन्द्र र प्रसाईंका समर्थकहरूले कोठाभित्र थुनेर जलाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया