चुनौतीको सामना गर्न तरुणहरूलाई निर्देशन, सप्तरीमा अन्तरक्रिया
राजविराज । नेपाल तरुण दल जिल्ला कार्यसमिति सप्तरीले तरुण दलका केन्द्रीय अध्यक्षका साथै कांग्रेसका नेताहरूसहित अन्तरक्रियाको आयोजना गरेको छ ।
सोमबार सप्तरीमा तरुण दलको बर्तमान अवस्था तथा भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहेकी नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिकी संयोजक महालक्ष्मी उपाध्याय, कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । नेताहरू तरुण दलको अधिवेशन समयमा गर्नुपर्ने चुनौती रहेको भन्दै संगठन निर्माणमा लाग्न आग्रह गरेका छन् । उनीहरूले चुनौतीलाई समयमा पूरा गर्न तरुणहरू लाग्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साह, नेपाल तरुण दल सप्तरीका अध्यक्ष अर्जुन यादव, तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरे, मानवेन्द्र निधि, घनानन्द यादबसहितका तरुणहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया