सभापति बानियाँद्वारा पौडेललाई बागमती कांग्रेसको सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले ललितपुरका पुरुषोत्तम पौडेललाई बागमती प्रदेश कार्यसमितिको आमन्त्रित सदस्य पदमा मनोनीत गरेका छन् ।

चैत ६ गते सभापति बानियाँले पौडेललाई आमन्त्रित सदस्यमा मनानीत गरेको पत्र प्रदान गरेको बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बताएका छन् । मन्त्री महर्जनले सभापति बानियाँलाई धन्यवाद दिँदै सदस्यमा मनोनीत भएका पौडेललाई कार्यकालको सफलताको शुभकामना दिएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका, चापागाउँ निवासी पौडेललाई सभापति बानियाँले आमन्त्रित सदस्यमा मनोनीत गरेका हुन् । गोदावरी र चापागाउँ क्षेत्रमा पौडेल कांग्रेसका सक्रिय नेता हुन् ।

Published : Sunday, 2025 March 23, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया