राजा, धर्म र जातको नामा राजनीति हुँदैन, कांग्रेस राजालाई न्याय दिएको पार्टी : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले राजा, धर्म र जातको नाममा देशमा राजनीति नचल्ने बताएका छन् ।
आइतबार ललितपुरमा नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको बागमती प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति र कार्यसमितिका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले राजनीति गर्ने हो भने राजनीतिक दल खोलेर राजनीति गर्न सुझाव दिए । उनले राजा, धर्म र जातका नाममा राजनीति नगर्न चेतावनी दिएका छन् ।
उनले भने, ‘राजाको नामा राजनीति गर्न बन्द गरौँ । राजा, धर्म, जातको नामा राजनीति चल्दैन यो देशमा ।’
‘नेपालको राजनीति र गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता योभित्र अहिले अनेक किसिमका चुनौतीका शब्दहरू आइरहेका छन् । चुनौतीका स्वरहरू बढिरहेका छन्’, बानियाँले भने ।
उनले भने, ‘नेपाली जनतालाई सार्वभौम बनाउने नेपाली जनताका हरेक छोराछोरीहरू राष्ट्र निर्माणको राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख, उपसभामुख हुँदै महिला, पुरुष हुँदै दलित हुँदै समावेशी सिद्धान्तमा एउटा पालिकामा गाउँको प्रतिनिधित्व गर्ने वडाको प्रतिनिधित्व गर्ने, एउटा दलितको छोरी, खुला महिला, वडादेखि प्रदेशसभादेखि प्रतिनिधि सभा र राष्ट्रयसभामा आज समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ ।’
‘नेपालमा लामो संघर्षबाट लामो बलिदानबाट व्यवस्था परिवर्तन गरिँदै आइयो । त्यसको नेतृत्व नेपाली कांग्रेसले इतिहाँसदेखि वर्तमानसम्म नेतृत्व लिँदै आएको छ । राणा हटाउनेदेखि निरंकुश एकदलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्नेदेखि हिंसाको बाटो अन्त्य गराएर शान्ति प्रक्रियाबाट मुलुकलाई दिगो विकास र समृद्धिको यात्रामा समावेशी व्यवस्थाको सबैको प्रतिनिधित्व, सबैको देश हो भन्ने अनुभूति गराउँदै नेपाललाई नयाँ युगमा प्रवेश गराउने कामको नेतृत्व नेपाली कांग्रेसले गरेको छ’, सभापति बानियाँले भने ।
उनले भने, ‘अहिले यदाकता हिजोका जुन कि राजा जसलाई नेपाली कांग्रेसले अन्याय भयो भनेर राणाले नेपाली कांग्रेसले देशलाई एकीकरण गर्ने पृथ्वीनारायण शाह, बहादुर शाहको हिजाको राज्य खासिएको हुनाले उहाँको भागेर गएको सन्तती त्रिभुवनलाई नेपालमा लिएर आएर अन्याय भयो भनेर राजालाई न्याय गरेको पार्टी ।’
‘यो मुलुकमा दुईतिहाई नेपाली कांग्रेसले ल्याउँदै गर्दा राजाबाट २०१७ साल पुस १ गते अन्याय भएको पार्टी त्यो अन्यायपछि पनि ३० वर्षपछि व्यवस्था परिवर्तन गरेर राजासहितको प्रजातन्त्र स्वीकार गरेको पार्टी यो पार्टीले आज कताकता राजाको कुरा सुनिन्छ’, उनले भने ।
‘हामी भन्छौँ यो व्यवस्थामा राजाको वंश पनि अटाएको छ । कर्णालीको आज संघीय व्यवस्थामा शाह थर गरेको राजिव शाह यो व्यवस्थाभित्र मन्त्री हुन पाएको छ । यहाँ राणा फाल्दै गर्दा राणा थर जोडिएका जनताले पत्याएका जनताको बीचमा चुनाव लडेर आएका उदयशम्शेर राणा पनि पटक पटक जनताले पत्याएर राणा पनि यो व्यवस्थामा अटाएको छ । यहाँ राजाको थर जोडिएका, राणाको थर जोडिएका पनि यो व्यवस्थामा अटाएका छन्’, सभापति बानियाँले भने ।
‘यदि राजा खोज्नेहरूले धर्म रोज्नेहरूले धर्म भनेको आस्था हो । धर्म हामीले स्वयं धारणा गर्ने हो । राजाको नाममा राजनीति छभने हामी उहाँहरूलाई भन्न चाहन्छौँ । राजा खोज्नेहरूले राजाको नाममा राजनीति गर्नेहरूले दल खोले हुन्छ । दुईतिहाई पु¥याए हुन्छ । नेपालभित्र राजा स्थापित गरेर देखाए हुन्छ । तर, राजाको नामा राजनीति गर्न बन्द गरौँ । राजा, धर्म, जातको नामा राजनीति चल्दैन यो देशमा’, उनले भने ।
उनले ‘संविधानमा व्यवस्था भइदियो भने त्यस्ता छपटाउनेहरू हराउँछन् की ? राजनीति भनेको पेशा होइन, व्यवसाय होइन । पेशा, व्यवसायमा नाफा नोक्सानी हुन्छ । राजनीतिमा की न्याय हुन्छ । की अन्याय हुन्छ ।’
‘हामी कठोर भएर सेवा गर्न आएको राजनीतिमा कुनै पनि सुविधा नलिइ ५ वर्ष देशलाई बनाउनको लागि संविधान संशोधन गर्दा कसैले पनि सुविधा नलिइकन संविधान संशोधन हुँदै गर्दा त्यो संकल्प गर्न कसो होला ? त्यो बाटोमा हामी लागौं र जनताप्रति जुन उदेश्यले हामीले गरेका धेरै कार्य, हाम्रो बोली र व्यवहारमा एउटै लिएर आयौँ भने बोली र व्यवहार फरक परेन भने जनताको भरोसा बढ्छ’, उनले भने ।
‘हाम्रो बोली र व्यवहारमा फरक भयो की । हाम्रो नीति र विधानमा फरक भयो की ? हामी संविधान र विधानअनुसार चल्न सकेनौँ की ? हामीले कांग्रेसको विधान संशोधन गर्दैगर्दा, मुलुकको संविधान संशोधन गर्दैगर्दा व्यवहारिक र वैज्ञानिक विधान पनि १५औँ महाधिवेशनमा संशोधन गर्दैगर्दा त्यो अधिकतम पार्टीभित्र जहिले पनि घात र अन्तरघातको कुरा हुन्छन् । यो घात र अन्तरघातको कुरा बन्द गर्नलाई कुन व्यवहारिक र वैज्ञानिक ढंगले कार्यकर्तामा आधारित पार्टी हो ?’, उनले भने ।
सभापति बानियाँले भने, ‘टिकट प्रणालीमा कार्यकर्ताको अधिकतम सहभागिता भएको किसिमले हाम्रो विधानलाई संशोधन गर्न सकियो भने राम्रो हुन्छ की ? त्यतातिर पनि हामीले १५औँ महाधिवेशनभन्दा अगाडि विधानलाई संशोधन गरेर मुलुकको संविधानलाई ठीक ढंगले व्यापक रुपमा छलफल गरेर माओवादीसहितलाई जसरी गणतन्त्रमा गयौँ हामी माओवादीसहितको संविधान संशोधनमा लिएर जानु अहिलेको अपरिहार्य छ । माओवादी पनि संविधान संशोधनमा जान जरुरी छ ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया