पूर्वराजाद्वारा श्री ५ महाराजधिराज र शाही निशान प्रयोग भयो : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरितको कार्य गर्दै श्री ५ महाराजधिराज र शाही निशान प्रयोग गरेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले संविधान विपरितका कार्य गर्ने अधिकार कसैलाई नरहेको बताए । उनले भने, ‘संविधान विपरित गरिएका कामप्रति सरकारको गम्भीर ध्यान आकृष्ट होस् भन्ने माग गर्न चाहन्छु । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निशाना प्रयोग गरेको देखियो ।’
‘यो शाही निशाना २०६५ साल जेठ १७ गते हटाइएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । नेपालको संविधानमा कहि पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन’, उनले भने ।
‘यस्तो सन्देश श्री ५ महाराजधिराज राख्ने र शाही निशान झण्डा राख्नेप्रति घोर आपत्ति छ’, उनले भने, ‘सरकारले त्यस्ता कार्यलाई आकर्षित नगर्नका लागि आग्रह गर्दछु ।’
सभापति खतिवडाले भने, ‘त्यो भिडियो सन्देशमा मात्रै होइन २०६५ साल जेठ १६ गतेका दिन शाही निशानाको झण्डा राजदरबारबाट हटाइएर राष्ट्रिय झण्डा फहराइएको थियो ।’
‘त्यो राष्ट्रिय झण्डा फहराएको अपमान गरेर शाही निशाना फेरि प्रयोग गरिएको छ । यो संविधान कसले मान्ने हो ? कसले नमान्ने हो ? कुन वर्गलाई मान्न लगाउने हो ? सरकारको ध्यानाकर्षण होस् र यस्ता कार्य बन्द होस्’, खतिवडाले भने ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया