केही जिल्लामा सीडीओ परिवर्तन, केहीको पदस्थापना

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)सहित १३ जनाको जिम्मेवारी हेरफेर गरेको छ ।

बुधबार गृह मन्त्रालयको निर्णयानुसार १३ जना कर्मचारीको सरूवा तथा पदस्थापन गरिएको छ । गृहमा रहेका सहसचिव दिलकुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारीसहित पदस्थापन गरिएको छ । कपिलवस्तुमा रहेका सीडीओ विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेलाई जिल्ला प्रशासन कार्यालय पर्वतमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ । जगदीश्वर उपाध्यायलाई सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पदस्थापन गरिएको छ ।

भविश्वर पाण्डेलाई नवलपुरको सीडीओको जिम्मेवारी दिइएको छ । बागलुङमा कुमानसिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुईंटेल र अछाममा आनन्द सारूलाई पदस्थापना गरिएको छ ।

Published : Wednesday, 2025 March 19, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया