परराष्ट्रमन्त्री डा.राणासँग फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोले अलग अलग भेटवार्ता गरेका छन् ।
बुधबार नयाँ दिल्लीमा डा.राणासँग जर्जियाकी विदेशमन्त्री बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री मनालाले भेटवार्ता गरि दुई मुलुकबीचको सम्बन्धका विषयमा परार्श गरेका हुन् ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा.राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य लगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गरेकी छिन् ।
डा.राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी भएको छ ।

नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरूको सामना गरिरहेको डा.राणाले बताएकी छिन् । उनले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताएकी छिन् ।
फिलिपिन्स र नेपालबीच आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया