परराष्ट्रमन्त्री डा.राणाद्वारा मल्दोभासँग राष्ट्रसंघीय सुरक्षा परिषदमा सहयोगका लागि आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ ।
भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका क्रममा मंगलबार डा.राणा र पोपसोइबीच भेटवार्ता भएको हो । उनीहरूका बीच नेपाल–मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयहरूमा कुराकानी भएको छ ।
विदेशमन्त्री पोपसोइसँग परराष्ट्रमन्त्री डा.राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहयाताका बारेमा पनि जानकारी गराएकी छिन् ।
डा.राणाले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्यलगायतमा दिएको उम्मेदवारीका बारेमा पोपसोइलाई जानकारी गराएकी छिन् । डा.राणाले मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने बताएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया