आईजीपी, एआईजी र डीआईजीहरूसहित ८ जनाको अनिवार्य अवकास
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसहित ८ जना उच्च प्रहरी अधिकारीहरू अनिर्वाय अवकासमा गएका छन् ।
सोमबार मध्यरातिदेखि आईजीपी कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू र प्रहरी नायव महानिरीक्षकहरू अनिवार्य अवकासमा गएका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अनिर्वाय अवकासमा गएका छन् ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द पनि अनिर्वाय अवकासमा गएको प्रहरी हेडक्वाटरबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Tuesday, 2025 March 18, 12:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया