परराष्ट्रमन्त्री डा.देउवाद्वारा कतारसंग विपिनको रिहाइमा सहयोग गर्न आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले भेट गरेका छन् ।
आइतबार ओमनको मस्कटमा डा.राणा र सुल्तानबीच नेपाल–कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको निजी सचिवालयले जनाएको छ ।
कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा पनि डा.राणा र सुल्तानबीच कुराकानी भएको छ ।
परराष्ट्रमन्त्री डा.देउवाले इजरायलबाट हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन सल्तानसँग आग्रह गरेकी छिन् । डा.देउवाले इजरायल सरकार र हमासबीचमा मध्यस्थता गरी युद्धविराम तथा शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छिन् ।
विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । परराष्ट्रमन्त्री डा.देउवाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्च र बैठकहरूमार्फत विपिन जोशीको रिहाइका लागि आग्रह गर्दै आएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणा आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा छिन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया