भारतले बनाइदियो धुलिखेल अस्पतालको वार्डको भवन, प्रथम सचिव सिंहद्वारा उद्घाटन

काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु. ४.२६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरेका छन् ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग धुलिखेल अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।

परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक मार्फत गरिएको थियो ।

परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण भएको विज्ञप्तिमा उल्लेख छ ।

धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।

नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरीय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यीमध्ये काभ्रेपलाञ्चोक जिल्लाका७ वटा परियोजना सहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरू रहेका छन् ।

भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्स सहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ

भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एड्भान्स लाइफ सपोर्ट) उपहार स्वरुपप्रदान गरेको थियो ।

एम्बुलेन्सले स्वास्थोपचारमा पहिलो सेवा दिँदै आकस्मिक स्वास्थ्य सेवाको लागि महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

उच्चप्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2024 August 7, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया